-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathPHP.json
1 lines (1 loc) · 36.7 KB
/
PHP.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"फिलिप्पीचाहिँ माकेडोनिया (अर्थात् दक्षिण यूरोपको ग्रीस भन्ने देशको उत्तर भाग) को एउटा मुख्य सहर थियो। धेरै रोमी नागरिक र सिपाहीहरू त्यहाँ बसेका हुनाले फिलिप्पीलाई एउटा रोमी उपनिवेश बनाइएको थियो (प्रेरित १६:१२)।"},{"id":2,"text":"आफ्नो प्रचारको दोस्रो यात्रामा पावल फिलिप्पीमा पुगेका थिए। त्यतिबेला यूरोप महादेशमा ख्रीष्टको सुसमाचार प्रचार गरिएको यो पहिलो पटक थियो। यसरी ख्रीष्टियान धर्म एसियाबाट यूरोपसम्म फैलिएर गयो। ख्रीष्टियान धर्म एशियामा सुरु भयो। यसकारण यो पश्चिमी धर्म होइन।"},{"id":3,"text":"एउटा दर्शनको कारणले पावल पहिले फिलिप्पीमा गए, जुन दर्शनमा एक जना माकेडोनियाको मानिसले “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्” भनेर भनेको थियो (प्रेरित १६:९-१०)।"},{"id":4,"text":"फिलिप्पीमा भएको पावलको पहिलो भेटको बयान प्रेरित १६:११-४० मा लेखिएको छ। त्यसपछि प्रचार गर्ने आफ्नो तेस्रो यात्रामा पावल फेरि फिलिप्पीमा गए (प्रेरित २०:१,६)।"},{"id":5,"text":"पावलले यो पत्र आफू कैदी भएको समयमा लेखेका थिए। धेरैजसो बाइबलका विद्वानहरूको विचारमा, एफिसीहरू, कलस्सीहरू र फिलेमोनलाई लेखेका पत्रहरूलाई साथसाथै यो पत्र पनि ईस्वी सम्बत् ६२-६३ मा रोमबाट लेखिपठाइएको थियो। यी पत्रहरूलाई कैद-पत्र पनि भन्ने चलन छ।"},{"id":6,"text":"पावलको जीवनको विषयमा अझ बुझ्नलाई रोमीहरूलाई लेखेको पत्रको परिचय हेर्नुहोस्।"}]},{"id":1,"title":"फिलिप्पी 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PHP/1-6d776e8aaf7b600a9f64c81128837ab3.mp3?version_id=1483","verses":[{"id":1,"text":"ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा फिलिप्पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्तहरूलाई:"},{"id":2,"text":"परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।"},{"id":3,"text":"तिमीहरूप्रतिका मेरा सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। "},{"id":4,"text":"तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु, "},{"id":5,"text":"कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी छु। "},{"id":6,"text":"मलाई यो दृढ़ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ।"},{"id":7,"text":"तिमीहरू सबैका निम्ति मैले यसो ठान्नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ। "},{"id":8,"text":"किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ, कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु।"},{"id":9,"text":"मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदैजाओस्, "},{"id":10,"text":"यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। "},{"id":11,"text":"परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ।"},{"id":12,"text":"भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ, "},{"id":13,"text":"यहाँसम्म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ।"},{"id":14,"text":"धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्वरको वचन विनाडर बोल्नलाई झन् आँटिला भएका छन्।"},{"id":15,"text":"कसै-कसैले साँच्चै डाह र शेखीले, तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन्। "},{"id":16,"text":"सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, "},{"id":17,"text":"तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्। "},{"id":18,"text":"जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्यमा ख्रीष्टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु।"},{"id":19,"text":"हो, म रमाउनेछु। किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। "},{"id":20,"text":"मेरो उत्कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित् लज्जित हुनेछैनँ, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस्, अथवा जीवनद्वारा। "},{"id":21,"text":"किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो। "},{"id":22,"text":"यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ। "},{"id":23,"text":"म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ, "},{"id":24,"text":"तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। "},{"id":25,"text":"यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्नेछु, "},{"id":26,"text":"यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।"},{"id":27,"text":"केवल तिमीहरूका जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ, "},{"id":28,"text":"र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्वरबाट हो। "},{"id":29,"text":"किनभने ख्रीष्टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ, "},{"id":30,"text":"र त्यही सङ्घर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ, त्यसैमा तिमीहरू लागेका छौ।"}]},{"id":2,"title":"फिलिप्पी 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PHP/2-7edcb5d59a2f11e99b83a9eb68619360.mp3?version_id=1483","verses":[{"id":1,"text":"यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने, "},{"id":2,"text":"तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर। "},{"id":3,"text":"स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। "},{"id":4,"text":"तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।"},{"id":5,"text":"तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।"},{"id":6,"text":"परमेश्वरको स्वरूपमा भएर पनि\nउहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।"},{"id":7,"text":"तर आफैलाई रित्त्याईकन\nकमाराको रूप धारण गरेर,\nतथा मनुष्य भएर जन्मनुभयो।"},{"id":8,"text":"स्वरूपमा मानिसजस्तै भएर\nआफैलाई होच्याउनुभयो,\nर मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।"},{"id":9,"text":"त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो,\nर उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो,\nजो हरेक नाउँभन्दा उच्च छ,"},{"id":10,"text":"कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले \nयेशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,"},{"id":11,"text":"र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति\nयेशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।"},{"id":12,"text":"यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। "},{"id":13,"text":"किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।"},{"id":14,"text":"गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ, "},{"id":15,"text":"कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ।"},{"id":16,"text":"जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ। "},{"id":17,"text":"यदि तिमीहरूका विश्वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित छु, र तिमीहरू सबैसँग म रमाउँछु। "},{"id":18,"text":"त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।"},{"id":19,"text":"म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्न हुन सकूँ। "},{"id":20,"text":"तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन। "},{"id":21,"text":"येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्। "},{"id":22,"text":"तर तिमोथीको योग्यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे। "},{"id":23,"text":"यसकारण मेरो निम्ति के-कसो हुन्छ सो बुझ्ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु। "},{"id":24,"text":"अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु।"},{"id":25,"text":"इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु, "},{"id":26,"text":"किनकि तिनले तिमीहरू सबैका निम्ति अति तृष्णा गरिरहेका छन्। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्याकुल भएका छन्। "},{"id":27,"text":"तिनी साँच्चै मरणान्त बिरामी थिए, तर परमेश्वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया गर्नुभयो। "},{"id":28,"text":"यसकारण म तिनलाई पठाउन झन् बढ़ी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्ता पनि कम हुनेछ। "},{"id":29,"text":"त्यसैले ज्यादै आनन्दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्ता मानिसहरूलाई आदर गर। "},{"id":30,"text":"किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्टका कामको निम्ति तिनी मृत्युको मुखैमा पुगेका थिए।"}]},{"id":3,"title":"फिलिप्पी 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PHP/3-71fc3bd30f3f006098316b215b123296.mp3?version_id=1483","verses":[{"id":1,"text":"अन्त्यमा भाइ हो, प्रभुमा आनन्दित होओ। तिमीहरूलाई त्यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्दैन, अनि त्यो तिमीहरूका सुरक्षाको निम्ति हो।"},{"id":2,"text":"कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस। "},{"id":3,"text":"किनकि परमेश्वरलाई आत्मामा पुज्ने र ख्रीष्ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्ने साँचो खतना हामी नै हौं। "},{"id":4,"text":"यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्ने कारण छ। कुनै मानिसले शरीरमा भरोसा राख्ने कारण छ भन्ठान्छ भने, मेरो त झन् बढ़ी कारण छ। "},{"id":5,"text":"आठौँ दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको, बेन्यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी,"},{"id":6,"text":"जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकताबमोजिम निष्खोट ठहरिएको हुँ।"},{"id":7,"text":"तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें। "},{"id":8,"text":"साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु, "},{"id":9,"text":"र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। "},{"id":10,"text":"म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ, र उहाँको मृत्युमा उहाँजस्तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ। "},{"id":11,"text":"सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ।"},{"id":12,"text":"मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो! "},{"id":13,"text":"भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै "},{"id":14,"text":"ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु।"},{"id":15,"text":"हामी परिपक्व हुनेहरूचाहिँ सबै यस्तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ। "},{"id":16,"text":"केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं।"},{"id":17,"text":"भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर।"},{"id":18,"text":"मैले धेरै पल्ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू ख्रीष्टका क्रूसका शत्रुहरूजस्तै जीवन बिताउँछन्। "},{"id":19,"text":"विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो, र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ। "},{"id":20,"text":"तर हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं। "},{"id":21,"text":"उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।"}]},{"id":4,"title":"फिलिप्पी 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PHP/4-b85519977623bacf85ba2aa72f504dc1.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो।"},{"id":2,"text":"म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनका होओ भनेर आग्रहपूर्वक बिन्ती गर्दछु। "},{"id":3,"text":"विश्वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु, कि यी स्त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्तकमा छन्।"},{"id":4,"text":"प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। "},{"id":5,"text":"तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। "},{"id":6,"text":"कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, "},{"id":7,"text":"र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।"},{"id":8,"text":"अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर। "},{"id":9,"text":"तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।"},{"id":10,"text":"म प्रभुमा साह्रै आनन्दित छु, कि अब धेरै दिनपछि मप्रति तिमीहरूको वास्ता फेरि पलाएको छ। तिमीहरू साँच्चै मेरो निम्ति चिन्तित थियौ, तर तिमीहरूलाई मौका मिलेन। "},{"id":11,"text":"खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। "},{"id":12,"text":"कसरी होचिन र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोकप्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। "},{"id":13,"text":"जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।"},{"id":14,"text":"तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयौ, सो असल गर्यौ। "},{"id":15,"text":"तिमी फिलिप्पीहरू आफै पनि जान्दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन,"},{"id":16,"text":"किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ।"},{"id":17,"text":"मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु, जो तिमीहरूकै हिसाबमा जम्मा हुँदैजाओस्।"},{"id":18,"text":"मैले पाउनुपर्नेभन्दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्ना भएको, र परमेश्वरलाई मनपर्दो र ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु।"},{"id":19,"text":"मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। "},{"id":20,"text":"अब हामीहरूका परमेश्वर र पितालाई सदासर्वदा महिमा होस्। आमेन।"},{"id":21,"text":"ख्रीष्ट येशूमा हरेक सन्तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। "},{"id":22,"text":"सबै सन्तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।"},{"id":23,"text":"प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग होस्।"}]}]}