-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathPRO.json
1 lines (1 loc) · 233 KB
/
PRO.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"हितोपदेश शब्दलाई आहान (१ शमूएल २४:१३), ईश्वरवाणी (गन्ती २३:१७-१८) र दृष्टान्त (इजकिएल १७:२) भनेर पनि अनुवाद गरिएको छ। पुरानो करारको इस्राएली समाजमा पूजाहारी र अगमवक्ताहरूले धार्मिक क्रियाकलापसँग सम्बन्ध राख्दथे भने बुद्धिमानी मानिसहरूले जीवनको दर्शन र व्यवहारिक पक्षसँग सम्बन्ध राख्दथे। साना उमेरकाहरूलाई निर्देशन दिने काम गर्दथे। यस पुस्तकले विशेष गरी व्यवस्थित, सफल र सुखी जीवन कसरी जिउने भन्ने बारेमा हामीलाई सिकाउँदछ।"},{"id":2,"text":"यो पुस्तक पनि कवितात्मक शैलीमा लेखिएको छ। यसमा धेरै चित्रण भाषा प्रयोग गरिएका छन्। हितोपदेशको किताबभित्र पाइने विषयहरू हुन्:"},{"id":3,"text":"क) तुलनात्मक भनाइ"},{"id":4,"text":"ख) बुद्धिमानीपूर्ण सन्देश"},{"id":5,"text":"ग) छोटो उखान"},{"id":6,"text":"परमेश्वरको वचन पालन गर्नु, उहाँको भय मान्नु, आज्ञापालन गर्नु, बुद्धिको खोजी गर्नु, मूर्खता त्याग्नु यी सबै नै हितोपदेशका प्रमुख शिक्षा हुन्। सम्पूर्ण पुस्तकभरि नै परमेश्वरको डर र आदर मान्नाले जीवन सुरक्षित बन्नेछ र प्रगति र उन्नतिको मार्ग मानिसले पाउन सक्नेछ भन्ने कुरामा जोड दिइएको छ।"}]},{"id":1,"title":"हितोपदेश 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/1-d0fd28da57249e2a1adbeadbaaf0b9fd.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश: "},{"id":2,"text":"जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्,"},{"id":3,"text":"एक अनुशासित र विवेकी जीवन जिउनेछन्,"},{"id":4,"text":"सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्।"},{"id":5,"text":"बुद्धिमान्ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्,\nर विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्,"},{"id":6,"text":"जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्को आहान र रहस्यका कुराहरू तिनीहरूले बुझून्।"},{"id":7,"text":"परमप्रभुको भय नै ज्ञानको सुरु हो, \n तर मूर्खले\n बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।"},{"id":8,"text":"हे मेरो छोरा, आफ्नो बुबाको आदेश सुन्\nर आफ्नी आमाको शिक्षा नत्याग्।"},{"id":9,"text":"ती तेरो शिरमा शोभाको मुकुट,\nर तेरो गलामा सम्मानको हार हुनेछ।"},{"id":10,"text":"हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्।"},{"id":11,"text":"तिनीहरू भन्लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्न ढुकिबसौं,"},{"id":12,"text":"चिहानले\n निलेझैँ, र गहिरो भड्खालोमा परी त्यसको पीँधमा पुग्नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं।"},{"id":13,"text":"हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौं,\nर लूटका मालसामानले हाम्रा घर भर्नेछौं,"},{"id":14,"text":"तिमी हामीसँगै साझेदार होऊ,\nर हामी लूटको थैलोबाट बाँड्नेछौं।”"},{"id":15,"text":"हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्,"},{"id":16,"text":"किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्।"},{"id":17,"text":"सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्यर्थ!"},{"id":18,"text":"यी मानिसहरू आफ्नै रगतको लागि ढुकिरहन्छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्छन्!"},{"id":19,"text":"बेईमानीसित कमाउनपट्टि लाग्नेहरू सबैको अन्त्य यस किसिमले हुन्छ, यसरी धन आर्जन गर्नेको जीवन त्यसैले छिनेर लैजान्छ।"},{"id":20,"text":"बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, \n त्यसले आफ्नो आवाज बजारहरूमा उचाल्छ,"},{"id":21,"text":"होहल्लाले भरिएका गल्लीहरूका पर्खालमाथिबाट त्यो चिच्च्याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्यसले भाषण गर्छ:"},{"id":22,"text":"“हे निर्बुद्धि\n हो, कहिलेसम्म तिमीहरू आफ्नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्म खिल्ली उड़ाउनेहरू खिल्ली उड़ाइरहनमा मग्न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने?"},{"id":23,"text":"यदि मेरो हप्की तिमीहरूले ग्रहण गरेका भए, म आफ्नो हृदयका कुराहरू तिमीहरूसँग पोख्नेथिएँ,\nर मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ।"},{"id":24,"text":"तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेका हुनाले\nर मैले आफ्नो हात फैलाउँदा कसैले ध्यान नदिएको हुनाले,"},{"id":25,"text":"मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्ता गरेका हुनाले\nर मेरो हप्की ग्रहण नगरेका हुनाले,"},{"id":26,"text":"तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्नेछु, विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उड़ाउनेछु—"},{"id":27,"text":"जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्ट र दु:खले तिमीहरूलाई डुबाउँछन्।"},{"id":28,"text":"“तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्।"},{"id":29,"text":"तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले,\nर परमप्रभुको भय मान्न नचाहेका हुनाले,"},{"id":30,"text":"तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले,\nर मेरो हप्की तिरस्कार गरेका हुनाले,"},{"id":31,"text":"तिनीहरूले आफ्नो चालचलनको फल भोग्नेछन्,\nर आफ्ना कपट योजनाको फलले आफै लादिनेछन्।"},{"id":32,"text":"आफ्नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्,\nर मूर्खहरूको आफ्नै निश्चिन्तताले तिनीहरूमाथि नाश आइपर्नेछ।"},{"id":33,"text":"तर मैले भनेको कुरा जस-जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन्,\nर हानि-नोक्सानीको डरैविना ढुक्क रहनेछन्।”"}]},{"id":2,"title":"हितोपदेश 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/2-2e4f6c4e9705f6e9adc0190b9700302f.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्,\nर मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने,"},{"id":2,"text":"बुद्धिका कुराहरू ध्यान दिइस्\nर तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,"},{"id":3,"text":"अन्तर्दृष्टिको लागि पुकारा गरिस्,\nर समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने,"},{"id":4,"text":"यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्,\nर गाड़धनझैँ त्यो खनिस् भने,"},{"id":5,"text":"तैंले परमप्रभुको भय बुझ्नेछस्,\nर परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।"},{"id":6,"text":"किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ,\nर उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।"},{"id":7,"text":"उहाँले ईमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ,"},{"id":8,"text":"किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ,\nर आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ।"},{"id":9,"text":"तब धार्मिकता न्यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्नेछस्।"},{"id":10,"text":"किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ,\nर ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ।"},{"id":11,"text":"विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ।"},{"id":12,"text":"बुद्धिले तँलाई दुष्ट चालबाट,\nर छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।"},{"id":13,"text":"त्यस्ताहरू ईमानदारीको चाल त्यागेर अन्धकारमा हिँड्डुल गर्छन्,"},{"id":14,"text":"तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन्,\nर दुष्टको बदमाशीमा रमाउँछन्,"},{"id":15,"text":"जसका बाटाहरू बाङ्गोटिङ्गो,\nर जसका आफ्नै चालहरू कुटिल छन्।"},{"id":16,"text":"बुद्धिले तँलाई व्यभिचारिणी,\nर अनैतिक स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,"},{"id":17,"text":"जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे,\nर परमेश्वरको सामु आफूले बाँधेको करारको बेवास्ता गरेकी छे।"},{"id":18,"text":"त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालो लैजान्छ,\nर त्यसको बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्छन्।"},{"id":19,"text":"त्यस स्त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्।"},{"id":20,"text":"यसैकारण भला मानिसहरूको अनुसरण गर्,\nर धर्मी मानिसको चालमा लागिबस्।"},{"id":21,"text":"किनभने धर्मीहरू देशमा वास गर्नेछन्,\nर निर्दोष मानिसहरू त्यहाँ रहनेछन्।"},{"id":22,"text":"तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्,\nर विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्।"}]},{"id":3,"title":"हितोपदेश 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/3-ae4663b7c096cdda74b91ef89b445440.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख्।"},{"id":2,"text":"किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्,\nर तेरो लागि सम्पन्नता ल्याउनेछन्।"},{"id":3,"text":"भक्ति र विश्वासयोग्यताले तँलाई कहिल्यै नछोडून्, ती तैंले आफ्नो गलामा बाँधिराख्, आफ्नो हृदयको पाटीमा ती लेखिराख्।"},{"id":4,"text":"तब परमेश्वर र मानिसको दृष्टिमा \n तैंले निगाह पाउनेछस् र असल नाउँ कमाउनेछस्।"},{"id":5,"text":"आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्,\nर तेरो आफ्नै समझशक्तिमा भर नपर्"},{"id":6,"text":"आफ्ना सारा मार्गमा उहाँलाई सम्झी,\nर उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।"},{"id":7,"text":"आफ्नै नजरमा बुद्धिमान् नहोऊ,\n परमप्रभुको भय मान् र दुष्कर्मलाई त्याग्।"},{"id":8,"text":"यसले तेरो शरीरलाई स्वस्थ तुल्याउनेछ,\nर तेरो हड्डीको लागि पोषण दिनेछ।"},{"id":9,"text":"आफ्नो धन-सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर,"},{"id":10,"text":"तब तेरा ढुकुटीहरू पोखुन्जेल भरिनेछन्,\nर तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्।"},{"id":11,"text":"हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, \nर उहाँको हप्कीलाई खराब नठान्,"},{"id":12,"text":"किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ \n उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्।"},{"id":13,"text":"धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ,\nर समझशक्ति हासिल गर्छ,"},{"id":14,"text":"किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ,\nर त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ।"},{"id":15,"text":"त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ,\nर तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन।"},{"id":16,"text":"बुद्धिको दाहिने हातमा दीर्घायु,\nर त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्।"},{"id":17,"text":"त्यसका मार्गहरू आनन्ददायक हुन्छन्,\nर त्यसका सबै बाटोहरू शान्तिका हुन्छन्।"},{"id":18,"text":"बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो, त्यसलाई पक्रनेहरूले आशिष् पाउनेछन्।"},{"id":19,"text":"बुद्धिले नै परमप्रभुले पृथ्वीको जगहरू बसाल्नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो।"},{"id":20,"text":"उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्के,\nर बादलले तलतिर शीत झारे।"},{"id":21,"text":"हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्टिबाट जान नदे,"},{"id":22,"text":"ती तेरो निम्ति जीवन,\nर तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्।"},{"id":23,"text":"तब तँ आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछस्,\nर तेरा खुट्टा लरबरिनेछैन।"},{"id":24,"text":"जब तँ ढल्किनेछस् तँ भयभीत हुनेछैनस्, जब तँ ढल्किनेछस् तँलाई मीठो निद्रा लाग्नेछ।"},{"id":25,"text":"दुष्टहरूमाथि एक्कासि आइलाग्ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा,"},{"id":26,"text":"किनभने परमप्रभु नै तेरो साहस हुनुहुनेछ,\nर उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।"},{"id":27,"text":"ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्जेल त्यो नरोक्,"},{"id":28,"text":"जब कि तँसँग त्यो अहिले नै छ, आफ्नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्।"},{"id":29,"text":"आफ्नो छिमेकीको विरुद्धमा षड्यन्त्र नरच्। जो तेरो नजिक भरोसा राखेर बस्दछ।"},{"id":30,"text":"विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन।"},{"id":31,"text":"हिंसात्मक मानिसको ईर्ष्या नगर्,\nर त्यसको कुनै पनि मार्गलाई नछान्।"},{"id":32,"text":"किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्छ, तर सोझाहरूलाई आफ्नो विश्वासमा राख्नुहुन्छ।"},{"id":33,"text":"दुष्टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ।"},{"id":34,"text":"अभिमानी गिल्ला गर्नेहरूलाई उहाँले गिल्लामा उड़ाउनुहुन्छ, \n तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।"},{"id":35,"text":"बुद्धिमान्ले इज्जत प्राप्त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्जित तुल्याउनुहुनेछ।"}]},{"id":4,"title":"हितोपदेश 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/4-934a918a17f46755063929cdd9e69013.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे मेरा छोराहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान देओ र समझशक्ति प्राप्त गर।"},{"id":2,"text":"किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु, यसैकारण मेरो अर्तीलाई नत्याग।"},{"id":3,"text":"जब म आफ्ना बुबाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्थाको, र मेरी आमाको एकमात्र छोरा,"},{"id":4,"text":"उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, “तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर् र तँ जिउनेछस्।"},{"id":5,"text":"बुद्धि प्राप्त गर्, समझशक्ति प्राप्त गर्, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा।"},{"id":6,"text":"बुद्धिलाई नत्याग्, र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर्, र त्यसले तँमाथि हेरचाह गर्नेछ।"},{"id":7,"text":"बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर्। तँसँग भएका सबै कुराले मूल्य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्त गर्।"},{"id":8,"text":"त्यसलाई कदर गर्, र त्यसले तँलाई उच्च पार्नेछ। त्यसलाई अँगाल्, र त्यसले तँलाई आदर दिनेछ।"},{"id":9,"text":"त्यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ,\nर महिमाको शिरपेच प्रदान गर्नेछ।”"},{"id":10,"text":"सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्,\nर तेरो जीवन दीर्घायु हुनेछ।"},{"id":11,"text":"म तँलाई बुद्धिको बाटो सिकाउँछु\nर सोझो बाटोमा डोर्याउँछु।"},{"id":12,"text":"तँ हिँड्दा, तेरा पाइलाहरू अड्किनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस्।"},{"id":13,"text":"अर्तीलाई समातिराख्, त्यसलाई उम्कन नदे, त्यसलाई राम्ररी पालन गर्, किनभने त्यो तेरो जीवन हो।"},{"id":14,"text":"दुष्टको मार्गमा खुट्टा नहाल् अथवा दुष्ट मानिसको चालमा नहिँड्।"},{"id":15,"text":"त्यसलाई त्यागिदे, त्यसमाथि तेरो पाइला नराख्, त्यसबाट तर्केर आफ्नै बाटो लाग्।"},{"id":16,"text":"किनभने दुष्टहरू खराब काम नगरुञ्जेल सुत्न सक्दैनन्, कसैको पतन नगरुञ्जेल तिनीहरूलाई निद्रै लाग्दैन।"},{"id":17,"text":"दुष्टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो।"},{"id":18,"text":"धर्मीको चाल प्रभातको प्रथम चमकजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्-झन् चहकिलो हुँदैजान्छ।"},{"id":19,"text":"तर दुष्टको चालचाहिँ घोर अन्धकारजस्तो हो, केले आफ्नो पतन हुँदैछ सो तिनीहरू जान्दैनन्।"},{"id":20,"text":"हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन्।"},{"id":21,"text":"ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्।"},{"id":22,"text":"किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो,\nर त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो।"},{"id":23,"text":"सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।"},{"id":24,"text":"कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्।"},{"id":25,"text":"तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्तिर सोझै एक टक लाएर हेरोस्।"},{"id":26,"text":"तैंले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर्। \nर ती मार्गहरू मात्रै रोज् जुन निश्चित छन्।"},{"id":27,"text":"दाहिने देब्रेतिर नलाग्, सबै दुष्ट कुराबाट आफ्ना खुट्टा अलग राख्।"}]},{"id":5,"title":"हितोपदेश 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/5-eaf6689d42389194721c75683977a0be.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे,\nर मेरा अन्तर्दृष्टिका वचनहरू ध्यानसित सुन्।"},{"id":2,"text":"यसरी तैंले विवेकलाई कायम राख्नेछस्,\nर तेरो ओठले ज्ञानको रक्षा गर्नेछ।"},{"id":3,"text":"किनभने व्यभिचारी स्त्रीको ओठबाट मह चुहुन्छ,\nर त्यसको बोलीचाहिँ तेलभन्दा चिप्लो हुन्छ।"},{"id":4,"text":"तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो,\nर दुईधारे तरवारझैँ लाग्ने हुन्छे।"},{"id":5,"text":"त्यसको खुट्टा मृत्युको बाटोतिर ओह्रालो लाग्छ, त्यसको पाइला सोझै पातालतिर लागेको हुन्छ।"},{"id":6,"text":"त्यसले जीवनको मार्गतिर ध्यानै दिँदिन, त्यसको चाल कुटिल छ, तापनि यो कुरा त्यसले थाहा गर्दिन।"},{"id":7,"text":"अब हे मेरा छोरा हो, मेरा कुरा सुन,\nर मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग।"},{"id":8,"text":"त्यस्ती स्त्रीदेखि टाढ़ा बस, त्यसको घरको ढोका नजिक नजाओ।"},{"id":9,"text":"नत्रता तिमीहरूले आफ्नो उत्तम बल पराईलाई दिनेछौ,\nर तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ,"},{"id":10,"text":"विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चैन गर्नेछन्,\nर तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ।"},{"id":11,"text":"जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्।"},{"id":12,"text":"तब तिमीहरूले भन्नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें,\nर सुधार र हप्कीलाई मेरो हृदयबाटै लत्याएँ।"},{"id":13,"text":"मैले मेरा गुरुहरूको आज्ञापालन गरिनँ,\nर मेरा प्रशिक्षकहरूको कुरामा ध्यानै दिइनँ।"},{"id":14,"text":"म पूरै सर्वनाशको खाड़लमा आइपुगेको छु,\nर सारा समुदायको सामु निन्दित भएको छु।”"},{"id":15,"text":"आफ्नै कुण्डको पानी,\nर आफ्नै कूवाबाट बगेको पानी पी।"},{"id":16,"text":"के तेरो कूवाको पानी सड़कतिर,\nर तेरो खोलाको पानी बजारहरूतिर बग्न दिने?"},{"id":17,"text":"त्यो तेरै निम्ति मात्र होस्। पराई त्यसको हिस्सेदार पटक्कै हुन नपाओस्"},{"id":18,"text":"तेरो फुहारा आशीर्वादी होस्,\nर तेरो युवावास्थाकी पत्नीसित तँ आनन्दित हो।"},{"id":19,"text":"मयालु मृगी र राम्री हरिणीझैँ, त्यसकै स्तनमा तँ सन्तुष्ट बन्, तँ सधैँ त्यसकै प्रेममा मोहित भइरहेस्।"},{"id":20,"text":"हे मेरो छोरो, तँ किन वेश्याको मोहमा फस्छस्? तँ किन अर्काकी पत्नीलाई आलिङ्गन गर्छस्?"},{"id":21,"text":"किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ,\nर उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ।"},{"id":22,"text":"दुष्ट मानिसको खराब कामले त्यसलाई पासोमा पार्छ,\nर आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ।"},{"id":23,"text":"अनुशासनको अभावले त्यो मर्नेछ, आफ्नै असीम मूर्खताले त्यसलाई भर्माउनेछ।"}]},{"id":6,"title":"हितोपदेश 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/6-5975dcb111f3a6108c67c33ca9ff3a0b.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे मेरो छोरा, यदि तँ आफ्नो छिमेकीको जमानी बसेको छस् वा कसैसँग करार बाँधेको छस् भने,"},{"id":2,"text":"यदि आफ्नो प्रतिज्ञाको वचनले तँ फसिस्,\nर आफ्नै मुखको वचनले पासोमा परिस् भने,"},{"id":3,"text":"तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्तो गर्, किनकि तँ आफ्नो छिमेकीको पन्जामा परेको छस्:\nआफूलाई नम्र तुल्याएर झट्टै जा,\nर छिमेकीसँग खुरन्धार बिन्ती गर्!"},{"id":4,"text":"आँखामा निद्रा पर्न नदे,\nर पटल बन्द हुन नदे।"},{"id":5,"text":"शिकारीको हातबाट हरिण उम्केझैँ, व्याधाको पासोबाट चरा फुत्केझैँ तैंले आफूलाई मुक्त गर्।"},{"id":6,"text":"ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन्!"},{"id":7,"text":"त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,"},{"id":8,"text":"तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ\nर कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ।"},{"id":9,"text":"ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्?"},{"id":10,"text":"क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले"},{"id":11,"text":"दरिद्रता तँमाथि डाँकूझैँ\nर अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्नेछ। "},{"id":12,"text":"बदमाश र दुष्ट मानिस त्यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्छ,"},{"id":13,"text":"जसले आँखा झिम्क्याउँछ,\nर खुट्टा र औँलाले इशारा गर्दछ।"},{"id":14,"text":"आफ्नो छली हृदयमा त्यसले दुष्ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्न गराउँछ।"},{"id":15,"text":"त्यसैले त्यसमाथि अचानक विपत्ति आइलाग्नेछ, उपायविना नै त्यो एक्कासि नष्ट हुनेछ।"},{"id":16,"text":"छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्:"},{"id":17,"text":"अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,"},{"id":18,"text":"दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,"},{"id":19,"text":"असत्य बोल्ने झूटो साक्षी,\nर दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।"},{"id":20,"text":"हे मेरो छोरो, आफ्ना पिताका आज्ञाहरू पालन गर्,\nर आफ्नी आमाको अर्तीलाई नत्याग्।"},{"id":21,"text":"ती तेरो हृदयमा सधैँ राख्, तिनलाई तेरो घाँटीमा बाँधिराख्।"},{"id":22,"text":"तँ हिँड्दा तिनले तेरो अगुवाइ गर्नेछन्, तँ सुतेको बेला तिनले तेरो हेरचाह गर्नेछन्, तँ जागा छँदा तिनी तँसित बातचीत गर्नेछन्।"},{"id":23,"text":"किनभने ती आज्ञाहरू बत्ती,\nर अर्तीचाहिँ ज्योति हुन्,\nर अनुशासनको लागि गरिने हप्काइहरू जीवनका मार्ग हुन्,"},{"id":24,"text":"जसले तँलाई अनैतिक स्त्री,\nर लोभ्याउने कुरा गर्ने स्वेच्छाचारी पत्नीबाट जोगाउनेछन्।"},{"id":25,"text":"तेरो मनमा त्यसको सुन्दरताको कारण कुइच्छा नगर्, अथवा त्यसको आँखाले तँलाई नफसाओस्।"},{"id":26,"text":"किनकि वेश्याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछे।\nर व्यभिचारिणीले त तेरो जीवनसमेत शिकार तुल्याउनेछे।"},{"id":27,"text":"आफ्नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्नो काखमा आगो राख्न सक्छ?"},{"id":28,"text":"जलिरहेका भुङ्ग्रामा कुनै मानिस हिँड्यो भने के त्यसका खुट्टा पोल्दैनन् र?"},{"id":29,"text":"अर्काकी पत्नीसित सुत्ने त्यस्तै नै हुन्छ, तिनलाई छुने कुनै पनि मानिस दण्ड नपाई उम्कनेछैन।"},{"id":30,"text":"साह्रै भोक लागेको मानिसले आफ्नो भोक मार्न चोरी गर्यो भने, मानिसहरूले त्यसलाई घृणा गर्दैनन्।"},{"id":31,"text":"तापनि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्छ, शायद त्यसले आफ्नो घरको सारा सम्पत्तिसम्म दिनुपर्नेछ।"},{"id":32,"text":"तर व्यभिचार गर्ने मानिस विनासमझको हुन्छ, यस्तो काम गर्नेले आफूमाथि बरबादी ल्याउँछ।"},{"id":33,"text":"त्यसले मुक्का र बेइज्जत पाउनेछ,\nर त्यसको अपमान कहिल्यै मेटिनेछैन,"},{"id":34,"text":"किनभने डाहले पतीको क्रोधलाई उत्तेजित गराउँछ,\nर दयामाया नदेखाईकनै त्यसले बदला लिन्छ।"},{"id":35,"text":"त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन, जत्तिसुकै घूसले पनि त्यसलाई मनाउन सकिँदैन।"}]},{"id":7,"title":"हितोपदेश 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/7-abf69d6c13292ac2234e69651e74c69e.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे मेरो छोरो, मेरा वचनहरू पालन गर्,\nर मेरा आज्ञाहरू तँभित्र संचय गरिराख्।"},{"id":2,"text":"मेरा आज्ञाहरू पालन गर्,\nर तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्तै जोगाइराख्।"},{"id":3,"text":"तिनलाई तेरा औँलामा औँठीझैँ लगाइराख्। हृदयको पाटीमा ती लेखिराख्।"},{"id":4,"text":"बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौ,”\nर समझशक्तिलाई चाहिँ आफ्नो परममित्र भन्,"},{"id":5,"text":"तब तिनले तँलाई वेश्याबाट,\nर स्वेच्छाचारी पत्नीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछन्।"},{"id":6,"text":"म आफ्नो घरको झ्यालमा बसेर त्यसको आँखी-झ्यालबाट बाहिर हेर्दा, मैले के देखें भने,"},{"id":7,"text":"सीधासादाहरूका माझमा, ठिटाहरूमध्ये एक जनालाई देखें जो समझहीन रहेछ।"},{"id":8,"text":"त्यो स्त्री बस्ने गल्लीमा ऊ हिँड़िरहेको,\nर त्यसकै घरतिर पाइला बढ़ाइरहेको मैले देखें—"},{"id":9,"text":"साँझमा, जब दिन ढल्कँदैजाँदा रात अँध्यारो हुँदैजान्छ।"},{"id":10,"text":"तब एउटी स्त्री उसलाई भेट्न निस्केर आई, वेश्याझैँ पहिरेकी र धूर्त नियत भएकी।"},{"id":11,"text":"चञ्चली र जिद्दीवाल स्त्री, जो कहिल्यै घरमा बस्दिन,"},{"id":12,"text":"कहिले गल्लीमा, कहिले चोकहरूमा, हरेक कुनाकाप्चा हुँदो त्यो लुकेर बस्छे।"},{"id":13,"text":"त्यसैले नै उसलाई समाती र चुम्बन गरी, र निर्लज्ज चेहराले भनी:"},{"id":14,"text":"“मैले घरमा मेलबलि चढ़ाउनु परेको छ, आज मैले आफ्नो भाकल पूरा गरेकी छु।"},{"id":15,"text":"त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ। मैले तपाईंलाई खोजें, अहिले भेट्टाएकी छु!"},{"id":16,"text":"मैले मेरो ओछ्यानमा, मिश्रदेशका रङ्गीन तन्ना बिछ्याएकी छु।"},{"id":17,"text":"मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्धित तुल्याएकी छु।"},{"id":18,"text":"आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मस्त होऔं!"},{"id":19,"text":"मेरो पति घर हुनुहुन्न, उहाँ त टाढ़ा यात्रामा जानुभएको छ।"},{"id":20,"text":"उहाँले आफूसित थैलीभरि रुपियाँ लानुभयो,\nर पूर्णिमासम्म उहाँ घर फर्कनुहुन्न।”"},{"id":21,"text":"फकाई-फुस्लाईकन त्यसले उसलाई रनभुल्ल पारी, मोहित कुराहरू गरेर त्यसले उसलाई फसाई।"},{"id":22,"text":"तुरुन्तै ऊ त्यसको पछि लाग्यो, वधशालातिर लागेको गोरुझैँ, पासोतिर अगि बढ़िरहेको मृगझैँ।"},{"id":23,"text":"तब बाणले त्यसको कलेजो नै छेड़िदिन्छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्नो ज्यानै गुमाउँछु भन्ने उसलाई ज्ञानै छैन।"},{"id":24,"text":"अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्यान देओ।"},{"id":25,"text":"तिमीहरूको हृदय त्यसको चालतिर फस्न नदेओ, त्यसको बाटोतिर बरालिएर नजाओ।"},{"id":26,"text":"त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्।"},{"id":27,"text":"त्यसको घर पाताल जाने बाटो हो, जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ।"}]},{"id":8,"title":"हितोपदेश 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/8-ac6105af159c8c787e1abc3fe78a887a.mp3?version_id=1483","verses":[{"id":1,"text":"के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्नो आवाज उच्च पार्दैन र? "},{"id":2,"text":"बाटोका उच्च ठाउँहरूमा, चौबाटोमा त्यो खड़ा हुन्छ,"},{"id":3,"text":"सहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, त्यो चर्को स्वरले यसरी कराउँछ:"},{"id":4,"text":"“हे मानिसहरू हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु।"},{"id":5,"text":"हे निर्बुद्धि हो, बुद्धि प्राप्त गर। हे मूर्ख हो, समझशक्ति प्राप्त गर।"},{"id":6,"text":"सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्न म मेरो मुख खोल्छु।"},{"id":7,"text":"मेरो मुखले साँचो कुरा बोल्दछ, किनभने मेरा ओठले दुष्टता घृणा गर्छन्।"},{"id":8,"text":"मेरो मुखका सबै वचनहरू न्यायपूर्ण छन्, तिनीहरूमध्ये कुनै पनि बाङ्गोटिङ्गो छैन।"},{"id":9,"text":"विवेकशील व्यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्ति ती खोटरहित छन्।"},{"id":10,"text":"चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्दा त बरु ज्ञान नै खोज,"},{"id":11,"text":"किनभने बुद्धि मानिकभन्दा बहुमूल्य हुन्छ,\nर तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन।"},{"id":12,"text":"म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।"},{"id":13,"text":"परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरू म घृणा गर्छु।"},{"id":14,"text":"सरसल्लाह र उचित फैसला मबाटै हुन्छन्, मसँग समझशक्ति र सामर्थ्य छन्।"},{"id":15,"text":"मद्वारा नै राजाहरू राज्य गर्छन्,\nर शासकहरू उचित कानून बनाउँछन्,"},{"id":16,"text":"मद्वारा नै राजकुमारहरू राज्यव्यवस्था चलाउँछन्,\nर सबै उच्च अख्तियारवालहरू पृथ्वीभरि शासन गर्दछन्।"},{"id":17,"text":"मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेट्टाउँछन्।"},{"id":18,"text":"मसँग वैभव र आदर, टिक्ने धन-सम्पत्ति र समृद्धि छन्।"},{"id":19,"text":"मेरो फल निखुर सुनभन्दा उच्च छ। जे म उत्पादन गर्छु, त्यसले असल चाँदीलाई उछिनिदिन्छ।"},{"id":20,"text":"म धार्मिकताको बाटो र न्यायको मार्गमा हिँड्छु।"},{"id":21,"text":"मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्डार भरिदिनेछु।"},{"id":22,"text":"“परमप्रभुले सृष्टिको प्रारम्भमा नै मलाई सृजनुभयो, \n उहाँका आदिका सबै कामहरूभन्दा पहिले नै।"},{"id":23,"text":"अनन्तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्दा पहिले, संसार सुरु हुनुभन्दा पनि पहिले नै।"},{"id":24,"text":"महासागर नहुँदै मेरो जन्म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्दा अघि नै।"},{"id":25,"text":"पर्वतहरू आ-आफ्नो स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाड़हरूभन्दा अघि नै मेरो जन्म भएको थियो।"},{"id":26,"text":"उहाँले पृथ्वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्दा अघि नै म सृजिएको थिएँ।"},{"id":27,"text":"उहाँले आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा,\nर महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ।"},{"id":28,"text":"उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा,\nर महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा दृढ़सँग बसाल्नुहुँदा,"},{"id":29,"text":"उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्दा बाहिर नाघी पानी नजानलाई—\nर उहाँले पृथ्वीका जगहरू बसाल्नुहुँदा,"},{"id":30,"text":"म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थें।"},{"id":31,"text":"उहाँले बनाउनुभएको सिङ्गो संसारमा आनन्दित हुँदै म मानव जातिमा प्रसन्न रहन्थें।"},{"id":32,"text":"अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्।"},{"id":33,"text":"मेरो अर्ती सुन र बुद्धिमान् होओ, त्यसको अवहेलना नगर।"},{"id":34,"text":"त्यही मानिस सुखी हो, जसले मेरो वचन सुन्छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्छ।"},{"id":35,"text":"किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ,\nर परमप्रभुको निगाह प्राप्त गर्छ।"},{"id":36,"text":"तर जसले मलाई भेट्टाउन चुक्छ, त्यसले आफैलाई नोक्सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छ।"}]},{"id":9,"title":"हितोपदेश 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/9-7f19b486e7708305f8520fb24b9e2adb.mp3?version_id=1483","verses":[{"id":1,"text":"बुद्धिले आफ्नो घर बनाएको छ, त्यसले आफ्ना सात खामा गाड़ेको छ।"},{"id":2,"text":"त्यसले आफ्नो पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ, त्यसले आफ्नो टेबिल पनि तयार पारेको छ।"},{"id":3,"text":"त्यसले आफ्ना दासीलाई पठाएको छ,\nर सहरका अग्ला ठाउँहरूबाट बोलाउँछ।"},{"id":4,"text":"“ए सबै निर्बुद्धिहरू भित्र आओ!” भन्दै ती समझ नभएकाहरूलाई त्यसले भन्छ।"},{"id":5,"text":"“आओ, मसँग खाओ,\nर मैले मसला मिसाएको दाखमद्य पिओ।”"},{"id":6,"text":"आफ्ना अज्ञानी चालहरू छोडिदेओ,\nर तिमी बाँच्नेछौ। समझशक्तिको मार्गमा हिँड़।"},{"id":7,"text":"जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ, त्यसले अपमान निम्त्याउँछ, जसले दुष्ट मानिसलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।"},{"id":8,"text":"गिल्ला गर्नेलाई नहप्का, नत्र त्यसले तँलाई घृणा गर्नेछ। बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्नेछ।"},{"id":9,"text":"बुद्धिमान्लाई अर्ती दे,\nर त्यो झन् बढी बुद्धिमान् हुनेछ। धर्मी मानिसलाई शिक्षा दे,\nर त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ।"},{"id":10,"text":"“परमप्रभुको भय मान्नु नै बुद्धिको सुरुआत हो, \nर परमपवित्रको ज्ञान नै समझशक्ति हो।"},{"id":11,"text":"किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्।"},{"id":12,"text":"तँ बुद्धिमान् भइस् भने तेरो बुद्धिले नै तँलाई इनाम ल्याउनेछ, तँ गिल्ला गर्ने व्यक्ति भइस् भने तैंले मात्र नोक्सान बेहोर्नुपर्नेछ।"},{"id":13,"text":"“मूर्खता” भनिने स्त्री चर्की हुन्छे, त्यो अनुशासनहीन र अज्ञानी हुन्छे।"},{"id":14,"text":"त्यो आफ्नो घरको ढोकामा सहरको सबैभन्दा अग्ला ठाउँहरूमा भएको आसनमा बस्छे।"},{"id":15,"text":"त्यसको नजिकैबाट सरासर आफ्नो बाटो हिँड़िरहेकाहरूलाई त्यसले बोलाउँछे।"},{"id":16,"text":"ती समझ नभएकाहरूलाई त्यसले भन्छे, “सबै अज्ञानी जति यता आऊन्।"},{"id":17,"text":"चोरीको पानी मीठो हुन्छ, गुप्तमा खाएको रोटी स्वादिष्ठ हुन्छ।”"},{"id":18,"text":"तर मृतकहरूको वास त्यहाँ हुन्छ,\nर त्यस स्त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन् भन्ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन।"}]},{"id":10,"title":"हितोपदेश 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/10-d3245075961e8fa678ce945583ea6926.mp3?version_id=1483","verses":[{"id":1,"text":"बुद्धिमान् छोराले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।"},{"id":2,"text":"अन्यायसँग कमाएको धनको केही मूल्य हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।"},{"id":3,"text":"परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ।"},{"id":4,"text":"अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्।"},{"id":5,"text":"ग्रीष्म ऋतुमा अन्न जोहो गर्ने छोरा बुद्धिमान् हो, तर जो फसलको बेला सुत्छ त्यो बेइज्जत ल्याउने छोरो हो।"},{"id":6,"text":"धर्मात्माको शिरमाथि आशिष्को मुकुट रहन्छ, तर दुष्टको मुखमा हिंसा छिपेको हुन्छ।"},{"id":7,"text":"धर्मीको सम्झना गर्नु आशिष्मय हुनेछ, तर दुष्टको नाउँचाहिँ सड़ेर जानेछ।"},{"id":8,"text":"हृदयमा बुद्धिमान् हुनेले आज्ञाहरू स्वीकार गर्छ, तर बकबके मूर्ख सर्वनाशमा पुग्छ।"},{"id":9,"text":"ईमानदार मानिस निर्धक्क हिँड्छ। तर टेढ़ो चाल चल्ने पक्राउ पर्नेछ।"},{"id":10,"text":"द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक ल्याउँछ, अनि बकबके मूर्ख सर्वनाशमा पुग्छ।"},{"id":11,"text":"धर्मात्माको मुख जीवनको फुहारा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ।"},{"id":12,"text":"घृणाले कलह उत्पन्न गराउँछ, \n तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ"},{"id":13,"text":"विवेकशील मानिसहरूका ओठमा बुद्धिको कुरा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको मानिसको लागि हो।"},{"id":14,"text":"बुद्धिमान् मानिसले ज्ञान सञ्चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्त्याउँछ।"},{"id":15,"text":"धनीको धन नै तिनीहरूका निम्ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्छ।"},{"id":16,"text":"धर्मीको ज्यालाले तिनीहरूमा जीवन ल्याउँछ, तर दुष्टको आम्दानीले दण्ड ल्याउँछ।"},{"id":17,"text":"जसले अनुशासन पालन गर्छ, त्यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्ता गर्नेले अरूलाई पनि बहकाउँछ।"},{"id":18,"text":"जसले आफूमा घृणा लुकाएर राख्छ, त्यसको जिब्रो छली हुन्छ,\nर जसले अपवाद फैलाउँछ, त्यो मूर्ख हो।"},{"id":19,"text":"जब कुरा बढ्ता गरिन्छ, पापको अभाव हुँदैन, तर जसले आफ्नो जिब्रोलाई वशमा राख्छ, त्यो बुद्धिमान् हो।"},{"id":20,"text":"धर्मात्माको जिब्रो निखुर चाँदी हो, तर दुष्टको हृदय भने बेकामको हुन्छ।"},{"id":21,"text":"धर्मीका ओठले धेरैलाई तृप्त गराउँछन्, तर बुद्धिको अभावले नै मूर्खहरू मर्छन्।"},{"id":22,"text":"परमप्रभुको आशिष्ले धन-सम्पत्ति ल्याउँछ, अनि उहाँले त्यसमाथि दु:ख थप्नुहुन्न।"},{"id":23,"text":"मूर्ख खराब चालचलनमा रमाउँछ, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्न हुन्छ।"},{"id":24,"text":"आतङ्कित बनेको कुरा नै दुष्टमाथि आइपर्नेछ। धर्मीले इच्छा गरेको कुरा मन्जूर गरिनेछ।"},{"id":25,"text":"जब आँधीबेहरी मड़ारिएर आउँछ, दुष्टहरू रहँदैनन्, तर धर्मात्माचाहिँ अनन्तसम्मै स्थिर रहन्छन्।"},{"id":26,"text":"सिर्काले दाँत कुँड़िए र धूवाँले आँखा पिरिएझैँ, अल्छी गर्ने मानिस आफूलाई पठाउनेको निम्ति त्यस्तै हुनेछ।"},{"id":27,"text":"परमप्रभुको डरले जीवनको आयु थपिन्छ, तर दुष्टको आयु घटाइन्छ।"},{"id":28,"text":"धर्मीको आशाले हर्षित तुल्याउँछ, तर दुष्टका आशाहरू फासफुस हुन्छन्।"},{"id":29,"text":"परमप्रभुको मार्ग धर्मीहरूका निम्ति एक शरणस्थान हो, तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो।"},{"id":30,"text":"धर्मात्मा कहिल्यै उखेलिनेछैन, तर दुष्ट मानिस पृथ्वीमा रहनेछैन।"},{"id":31,"text":"धर्मीको मुखबाट बुद्धिको कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ।"},{"id":32,"text":"धर्मात्माका ओठले ग्रहणयोग्य कुरा जान्दछन्, तर दुष्टको मुखले बाङ्गोटिङ्गो कुरा मात्रै गर्दछ।"}]},{"id":11,"title":"हितोपदेश 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/11-8fa6e7bab73d2cd20b3fc6a7981ad9d8.mp3?version_id=1483","verses":[{"id":1,"text":"छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठीक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ।"},{"id":2,"text":"जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ।"},{"id":3,"text":"ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।"},{"id":4,"text":"क्रोधको दिनमा धन-सम्पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।"},{"id":5,"text":"निर्दोषहरूको धार्मिकताले तिनीहरूको बाटो सोझो हुन्छ, तर दुष्टहरूको आफ्नै दुष्टताले गर्दा तिनीहरू होच्याइन्छन्।"},{"id":6,"text":"सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्।"},{"id":7,"text":"जब दुष्ट मानिस मर्छ, त्यसको आशा पनि नष्ट हुन्छ, आफ्नो सामर्थ्यमा त्यसले इच्छा गरेका सबै कुराहरू निरर्थक हुन्छन्।"},{"id":8,"text":"धर्मी मानिस सङ्कष्टबाट बचाइन्छ, अनि त्यसको साटो दुष्टमाथि नै त्यो आइपर्छ।"},{"id":9,"text":"ईश्वरहीनको आफ्नै मुखले आफ्नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्छ।"},{"id":10,"text":"जब धर्मीको उन्नति हुन्छ, तब सहरै आनन्दित हुन्छ। जब दुष्टको नाश हुन्छ, तब रमाहट हुन्छ।"},{"id":11,"text":"धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भताभुङ्ग हुन्छ।"},{"id":12,"text":"समझ नभएको मानिसले आफ्नो छिमेकीको खिल्ली उड़ाउँछ, तर समझदार मानिसले आफ्नो जिब्रोमा लगाम लगाउँछ।"},{"id":13,"text":"कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ।"},{"id":14,"text":"पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ।"},{"id":15,"text":"अरूहरूको जमानी बस्नेले निश्चय नै नोक्सानी भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ।"},{"id":16,"text":"दयालु स्त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्पत्ति कमाउँछ।"},{"id":17,"text":"दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्ट ल्याउँछ।"},{"id":18,"text":"दुष्ट मानिसले ठगाइको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्चित इनाम कटनी गर्छ।"},{"id":19,"text":"साँच्चैको धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ।"},{"id":20,"text":"कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर तिनीहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, जसका चालहरू निर्दोष छन्।"},{"id":21,"text":"यो कुरा निश्चित छ: दुष्टहरू दण्डविना उम्कनेछैनन्, तर धर्मीहरूले छुटकारा पाउनेछन्।"},{"id":22,"text":"सुँगुरको नाकमा सुनको नत्थ भएझैँ एक विवेकहीन सुन्दरी स्त्री पनि हो।"},{"id":23,"text":"धर्मात्माका इच्छाको अन्त्य केवल असलै हुन्छ, तर दुष्टका आशाको अन्त केवल क्रोधमा हुन्छ।"},{"id":24,"text":"कोही मानिसले उदार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।"},{"id":25,"text":"उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ।"},{"id":26,"text":"अन्न लुकाएर भण्डार भर्नेलाई मानिसहरूले सराप्छन्, तर स्वेच्छाले बिक्री गर्ने व्यक्ति आशिष्ले भरपूर हुनेछ।"},{"id":27,"text":"जसले भलाइको खोजी गर्छ, उसले सद्भाव पाउँछ, तर खराबीको खोजी गर्नेमाथि खराबी नै आइलाग्छ।"},{"id":28,"text":"जसले आफ्नो सम्पत्तिमा भरोसा राख्छ, त्यसको पतन हुनेछ, तर धर्मीचाहिँ हरियो पातझैँ मौलाउनेछ।"},{"id":29,"text":"आफ्नो सन्तानमाथि सङ्कष्ट ल्याउनेको भाग बतास मात्रै हुनेछ,\nर मूर्खचाहिँ बुद्धिमान्को सेवक हुनेछ।"},{"id":30,"text":"धर्मात्माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ, त्यो बुद्धिमान् हो।"},{"id":31,"text":"यदि धर्मीहरूले पृथ्वीमा आफ्नो प्रतिफल पाउँछन् भने, \n ईश्वरहीन र पापीहरूले झन् कति बढ़ी पाउलान्?"}]},{"id":12,"title":"हितोपदेश 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/12-0ba85725911d6d7955733b1fcab32703.mp3?version_id=1483","verses":[{"id":1,"text":"ताड़नालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति अबूझ हो।"},{"id":2,"text":"असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुनेछ।"},{"id":3,"text":"दुष्टताले मानिस स्थापित हुन सक्दैन, तर धर्मीको जरा भने उखेल्न सकिनेछैन।"},{"id":4,"text":"चरित्रवान् पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डी सड़ेको जस्तै हो।"},{"id":5,"text":"धर्मीका योजनाहरू न्यायसङ्गत हुन्छन्, तर दुष्टका सल्लाहहरू छलपूर्ण हुन्छन्।"},{"id":6,"text":"दुष्टको वचनले कसैको रगत बगाउन ढुकिरहन्छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्छ।"},{"id":7,"text":"दुष्ट मानिसहरू फालिन्छन् र तिनीहरू रहनेछैनन्, तर धर्मीको घर दृढ़तासाथ खड़ा रहन्छ।"},{"id":8,"text":"मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गो-टेढ़ो मन भएको मानिस तुच्छ ठहरिन्छ।"},{"id":9,"text":"आफू प्रतिष्ठित व्यक्ति भइटोपलेर आहार नै नहुनुभन्दा, आफू केही नभएर पनि आफ्नो एक जना दास हुनु बेस हो।"},{"id":10,"text":"धर्मी मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्टको सबैभन्दा दयालु काम पनि निर्दयी हुन्छ।"},{"id":11,"text":"आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ, तर कल्पनाका पछि लाग्ने विनासमझको हुन्छ।"},{"id":12,"text":"दुष्टले खराब मानिसहरूले लुटेको सामानको अभिलाषा गर्छ, तर धर्मीचाहिँ जरा गाड़ेर बस्छ।"},{"id":13,"text":"खराब मानिस आफ्नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस सङ्कष्टबाट उम्कन्छ।"},{"id":14,"text":"मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्छ, आफ्नो हातका कामको इनाम त्यसले निश्चय नै पाउनेछ।"},{"id":15,"text":"मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ।"},{"id":16,"text":"मूर्खले आफ्नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्लिदिन्छ।"},{"id":17,"text":"एक सत्यवादी साक्षीले ईमानदार गवाही दिन्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ।"},{"id":18,"text":"असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।"},{"id":19,"text":"सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ।"},{"id":20,"text":"खराब युक्ति रच्नेहरूको हृदय छली हुन्छ, तर शान्तिको बढ़ौती गर्नेलाई रमाहट हुन्छ।"},{"id":21,"text":"धर्मीमाथि हानि आइपर्दैन, तर दुष्टहरू दु:ख-कष्टले भरिएका हुन्छन्।"},{"id":22,"text":"परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ।"},{"id":23,"text":"एक समझदार मानिसले आफ्नो ज्ञान आफूसँगै राख्छ, तर मूर्खको हृदयले आफ्नो मूर्खता झ्वाट्टै प्रकट गर्छ।"},{"id":24,"text":"लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिँ कमारोपन हो।"},{"id":25,"text":"चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ।"},{"id":26,"text":"धर्मी मानिस आफ्नो मित्रतामा सचेत रहन्छ, तर दुष्टको बाटोले तिनीहरूलाई बरालिदिन्छ।"},{"id":27,"text":"अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्पत्ति पाउँछ।"},{"id":28,"text":"धार्मिकताको मार्गमा जीवन हुन्छ, त्यस मार्गको सँगसँगै अमरत्व छ।"}]},{"id":13,"title":"हितोपदेश 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/13-4eab72433f21acf51042573072d38f81.mp3?version_id=1483","verses":[{"id":1,"text":"बुद्धिमान् छोराले आफ्ना बुबाको अर्तीमा ध्यान दिन्छ, तर खिल्ली उड़ाउनेले हप्की सुन्दैन।"},{"id":2,"text":"मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ। तर बेईमानले हिंसाको लालसा गर्दछ।"},{"id":3,"text":"आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ।"},{"id":4,"text":"अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ।"},{"id":5,"text":"धर्मीले झूटलाई घृणा गर्दछ, तर दुष्टले लाज र बेइज्जत ल्याउँछ।"},{"id":6,"text":"ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ।"},{"id":7,"text":"कोही मानिस धनी भइटोपल्छ, तापनि त्यससँग केही हुँदैन, कोहीचाहिँ कङ्गाली भइटोपल्छ, तापनि त्यससँग प्रशस्तै सम्पत्ति हुन्छ।"},{"id":8,"text":"सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला, तर गरीब मानिसले धम्की सुन्नुपर्दैन।"},{"id":9,"text":"धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ, तर दुष्टको बत्ती निभाइन्छ।"},{"id":10,"text":"घमण्डले केवल झगड़ा पोस्दछ, तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ।"},{"id":11,"text":"बेईमानीसँग कमाइएको धन घट्दैजान्छ, तर अलि-अलि गर्दै जम्मा गरेको धन बढ्दैजान्छ।"},{"id":12,"text":"आशा विलम्ब हुँदा मन मर्छ, तर इच्छा पूरा हुनु जीवनको रूख हो।"},{"id":13,"text":"अर्तीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनुपर्नेछ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ।"},{"id":14,"text":"बुद्धिमान्को शिक्षा जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ।"},{"id":15,"text":"असल समझदारीले निगाह प्राप्त गर्छ, तर बेईमानको मार्गचाहिँ कठिन हुन्छ।"},{"id":16,"text":"प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ। तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ।"},{"id":17,"text":"दुष्ट सन्देशवाहक दु:खमा पर्छ, तर विश्वसनीय दूतले चङ्गाइ लिएर आउँछ।"},{"id":18,"text":"अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ। तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ।"},{"id":19,"text":"आफ्नो चाहना पूरा हुँदा प्राणलाई तृप्ति मिल्दछ, तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्।"},{"id":20,"text":"बुद्धिमान्सँग हिँड्ने बुद्धिमान् नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ।"},{"id":21,"text":"पापीहरूलाई दुर्भाग्यले लखेट्छ, तर धर्मीको इनाम नै समुन्नति हो।"},{"id":22,"text":"असल मानिसले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्छ।"},{"id":23,"text":"गरीब मानिसको खेतबारीले प्रशस्तै अन्न उब्जाउला, तर अन्यायले त्यो खोसेर लैजान्छ।"},{"id":24,"text":"छड़ी नचलाउने बुबाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्यसलाई अनुशासन दिन्छ।"},{"id":25,"text":"धर्मीले पेटभरि मस्तीसँग खान्छ, तर दुष्टको पेट भोकभोकै हुन्छ।"}]},{"id":14,"title":"हितोपदेश 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/14-29ec97dd4eca603ed135bcffb9e6773d.mp3?version_id=1483","verses":[{"id":1,"text":"बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।"},{"id":2,"text":"ईमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ, तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ।"},{"id":3,"text":"मूर्खको बोलीले आफ्नै पीठमाथि लाठो ल्याउँछ, तर बुद्धिमान्का ओठले त्यसको सुरक्षा गर्छन्।"},{"id":4,"text":"जहाँ गोरुहरू छैनन्, त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ।"},{"id":5,"text":"साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ।"},{"id":6,"text":"खिल्ली उड़ाउने व्यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ।"},{"id":7,"text":"मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्यसका ओठमा ज्ञानको कुरो पाइँदैन।"},{"id":8,"text":"समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।"},{"id":9,"text":"पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्ली उड़ाउँछ, तर ईमानसँग चल्नेहरूका माझमा सद्भाव पाइन्छ।"},{"id":10,"text":"मनको तीतोपन मनले नै जान्दछ,\nर त्यसको आनन्द अरू कसैले भोग गर्न सक्दैन।"},{"id":11,"text":"दुष्टको घर भत्काइनेछ, तर ईमानदारको पालमा फलिफाप हुनेछ।"},{"id":12,"text":"कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, \n तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।"},{"id":13,"text":"मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्छ,\nर हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।"},{"id":14,"text":"बेईमानहरूले आफ्नो चालको फल पूरै भोग्नुपर्छ,\nर भला मानिसलाई आफ्नो कामको प्रतिफल दिइनेछ।"},{"id":15,"text":"बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।"},{"id":16,"text":"बुद्धिमान् मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढ़ै रहन्छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्छ।"},{"id":17,"text":"रिसाहा मानिसले मूर्ख कामहरू गर्छ,\nर धूर्त मानिस घृणित हुन्छ।"},{"id":18,"text":"अज्ञानीले मूर्खता कमाउँछ, तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछन्।"},{"id":19,"text":"खराब मानिसहरू असल मानिसहरूका सामु\nर दुष्टहरू धर्मीहरूको ढोका अघि झुक्नुपर्छ।"},{"id":20,"text":"आफ्नै छिमेकीहरूबाट समेत गरीबहरू त्यागिन्छन्, तर धनीका त धेरै मित्रहरू हुन्छन्।"},{"id":21,"text":"आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्यो मानिस धन्य हो, जसले दरिद्रलाई दया गर्छ।"},{"id":22,"text":"के खराब योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्त गर्छन्।"},{"id":23,"text":"सबै कठोर परिश्रमले लाभ हुन्छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्छ।"},{"id":24,"text":"बुद्धिमान्को सम्पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्पन्न गराउँछ।"},{"id":25,"text":"साँचो साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षी छली हुन्छ।"},{"id":26,"text":"जसले परमप्रभुको भय मान्छ, त्यसको सुरक्षित किल्ला हुन्छ,\nर त्यसका छोराछोरीका निम्ति यो एक शरणस्थान हुनेछ।"},{"id":27,"text":"परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्युको पासोहरूबाट उम्कन्छ।"},{"id":28,"text":"प्रजाको ठूलो सङ्ख्याले राजा गौरवान्वित हुन्छ, तर प्रजाविनाको शासक नष्ट हुन्छ।"},{"id":29,"text":"धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर गरम मिजासको मानिसले आफ्नो मूर्खता प्रदर्शन गर्छ।"},{"id":30,"text":"शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले हड्डी मकाउँछ।"},{"id":31,"text":"गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्वरको आदर गरेको हुन्छ।"},{"id":32,"text":"आपत्ति आइपर्दा दुष्टहरूको पतन हुन्छ, तर धर्मीले चाहिँ मृत्युमा समेत आश्रय पाउँछ।"},{"id":33,"text":"विवेकीको हृदयमा बुद्धिले वास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ।"},{"id":34,"text":"धार्मिकताले देशलाई उचाल्छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्जती हो।"},{"id":35,"text":"राजा बुद्धिमान् दाससँग प्रसन्न रहन्छ, तर लाजमर्दो दासले तिनको क्रोध बेहोर्नुपर्छ।"}]},{"id":15,"title":"हितोपदेश 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/15-79e8770ea8a71e3a1f10480ba0feb870.mp3?version_id=1483","verses":[{"id":1,"text":"नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।"},{"id":2,"text":"बुद्धिमान्को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ।"},{"id":3,"text":"परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ।"},{"id":4,"text":"निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ।"},{"id":5,"text":"मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ, तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।"},{"id":6,"text":"धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले दु:ख ल्याउँछ।"},{"id":7,"text":"बुद्धिमान्का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्यस्तो हुँदैन।"},{"id":8,"text":"दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर ईमानसँग चल्नेको प्रार्थनादेखि उहाँ प्रसन्न हुनुहुन्छ।"},{"id":9,"text":"दुष्ट मानिसको मार्ग परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँ प्रेम गर्नुहुन्छ।"},{"id":10,"text":"आफ्नो मार्ग त्याग्नेले कठोर ताड़ना भोग्नुपर्छ, जसले सुधारलाई घृणा गर्छ त्यो मर्नेछ।"},{"id":11,"text":"मृत्यु र विनाश परमप्रभुको सामुन्ने खुलस्त छन् भने, मानिसको हृदय झन् कत्ति खुलस्त होला।"},{"id":12,"text":"खिल्ली उड़ाउनेले सुधारलाई निको मान्दैन, त्यसले बुद्धिमान्को सल्लाह लिँदैन।"},{"id":13,"text":"आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ।"},{"id":14,"text":"विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ।"},{"id":15,"text":"थिचोमिचोमा परेकाहरूका अवहेलित जीवन दिनहुँ दु:खको हुन्छ, तर आनन्दित हृदय सधैँ सुखी हुन्छ।"},{"id":16,"text":"होहल्लाको साथ प्रशस्तै धन हुनुभन्दा थोरै धनसित परमप्रभुको भय राख्नु उत्तम हो।"},{"id":17,"text":"द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो।"},{"id":18,"text":"गरम मिजासको मानिसले कलह मच्चाउँछ, तर धैर्यवान् मानिसले झैँझगड़ा शान्त गराउँछ।"},{"id":19,"text":"अल्छेको बाटो काँढ़ैकाँढ़ाले छेकेको हुन्छ, तर ईमानदारको मार्गचाहिँ मूलबाटो हो।"},{"id":20,"text":"बुद्धिमानी छोराले बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ।"},{"id":21,"text":"समझ नभएको मानिस मूर्खतामा प्रसन्न रहन्छ, तर समझशक्ति भएको मानिस सीधै आफ्नो लक्ष्यतिर बढ्छ।"},{"id":22,"text":"परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्।"},{"id":23,"text":"उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्छ।"},{"id":24,"text":"जीवनको मार्गले बुद्धिमान्लाई उँभोतिर डोर्याउँछ, त्यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ।"},{"id":25,"text":"परमप्रभुले अहङ्कारी मानिसको घर भत्काइदिनुहुन्छ, तर विधवाको साँधसिमाना उहाँले अखण्ड राख्नुहुन्छ।"},{"id":26,"text":"परमप्रभुले दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्न हुनुहुन्छ।"},{"id":27,"text":"लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्यो जिउनेछ।"},{"id":28,"text":"धर्मीको हृदयले जवाफ दिन अघि त्यसलाई जोख्दछ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ।"},{"id":29,"text":"परमप्रभु दुष्टदेखि टाढ़ै रहनुहुन्छ, तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ।"},{"id":30,"text":"हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याउँछ,\nर शुभ-समाचारले हड्डीलाई स्वस्थ पार्छ।"},{"id":31,"text":"जसले जीवन दिने हप्की सुन्छ, त्यसले बुद्धिमान्हरूका माझमा सङ्गत पाउँछ।"},{"id":32,"text":"अनुशासनलाई बेवास्ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति प्राप्त गर्छ।"},{"id":33,"text":"परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ,\nर आदर पाउन अघि नम्रता आउँछ।"}]},{"id":16,"title":"हितोपदेश 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/16-7ad1596fc2c0b8ec8aa49fe1fe95b4f1.mp3?version_id=1483","verses":[{"id":1,"text":"हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ।"},{"id":2,"text":"मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्ला, तर त्यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्छन्।"},{"id":3,"text":"तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे,\nर तेरा योजनाहरू सफल हुनेछन्।"},{"id":4,"text":"परमप्रभुले सबै कुरा उहाँको आफ्नै उद्देश्यका लागि बनाउनुहुन्छ, दुष्टलाई समेत विनाशको दिनको लागि उहाँले राख्नुभएको छ।"},{"id":5,"text":"परमप्रभु हृदयमा घमण्ड भएका सबैलाई घिनाउनुहुन्छ, यो निश्चय छ, तिनीहरू दण्डरहित रहनेछैनन्।"},{"id":6,"text":"प्रेम र विश्वासयोग्यताद्वारा पापको प्रायश्चित हुन्छ, परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग रहन्छ।"},{"id":7,"text":"जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्छन्, उहाँले त्यसका शत्रुहरूलाई समेत त्यससँग मिलापमा राख्नुहुन्छ।"},{"id":8,"text":"धार्मिकतासित थोरै हुनु अन्यायसँग धेरै लाभ भएको भन्दा उत्तम हो।"},{"id":9,"text":"मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ।"},{"id":10,"text":"राजाका ओठले दिव्यवाणी बोल्दछ,\nर तिनको मुखले न्यायलाई आघात पुर्याउनुहुँदैन।"},{"id":11,"text":"ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो।"},{"id":12,"text":"राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।"},{"id":13,"text":"राजाहरू ईमानदार ओठसँग प्रसन्न हुन्छन्, सत्य बोल्ने मानिसलाई तिनीहरू कदर गर्छन्।"},{"id":14,"text":"राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यो शान्त गराउँछ।"},{"id":15,"text":"जब राजाको मुहार उज्यालो हुन्छ, यसको अर्थ जीवन हुन्छ। तिनको निगाह वसन्त ऋतुका झरीको बादलजस्तै हो।"},{"id":16,"text":"सुनभन्दा बुद्धि प्राप्त गर्नु,\nर चाँदीभन्दा त बरु समझदारी चुन्नु कत्ति उत्तम हुन्छ।"},{"id":17,"text":"ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्छ। जसले आफ्नो बाटोको रखवाली गर्छ, त्यसले आफ्नो जीवनको रखवाली गर्छ।"},{"id":18,"text":"सर्वनाशको अघि अभिमान\nर पतनको अघि घमण्डी आत्मा आउँछ।"},{"id":19,"text":"आत्मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्नुभन्दा उत्तम हो।"},{"id":20,"text":"उपदेशलाई ध्यान दिने मानिस फल्दो-फुल्दो हुन्छ,\nर परमप्रभुमा भरोसा राख्ने मानिसले आशिष् पाउनेछ।"},{"id":21,"text":"हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छ,\nर मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्।"},{"id":22,"text":"समझदारी हुनेको निम्ति त्यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्ड ल्याउँछ।"},{"id":23,"text":"बुद्धिमान्को हृदयले आफ्नो मुख सम्हाल्छ,\nर त्यसका ओठले शिक्षा बढ़ाउँछन्।"},{"id":24,"text":"मीठा वचनहरू महका चाकाहरूजस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ,\nर हड्डीहरू निको पार्छ।"},{"id":25,"text":"कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, \n तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।"},{"id":26,"text":"परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लाउँछ, त्यसको भोकले त्यसलाई कजाउँछ।"},{"id":27,"text":"बदमाशले खराबी रच्दछ, अनि त्यसको बोलीवचन प्रखर आगोझैँ हुन्छ।"},{"id":28,"text":"कुटिल मतिको मानिसले विवाद उत्पन्न गराउँछ,\nर कुरौटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।"},{"id":29,"text":"उपद्रवी मानिसले आफ्नो छिमेकीलाई फसाउँछ,\nर त्यसले उसलाई खराब बाटोतिर लैजान्छ।"},{"id":30,"text":"आफ्नो आँखा झिम्क्याउनेले षड्यन्त्र रचेको हुन्छ, आफ्ना ओठ लेब्र्याउनेको स्वभाव खराब हुन्छ।"},{"id":31,"text":"फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ।"},{"id":32,"text":"मानिस धैर्यवान् हुनु लड़ाका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो।"},{"id":33,"text":"सप्कोमा चिट्ठा त हालिन्छ, तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ।"}]},{"id":17,"title":"हितोपदेश 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/17-139bd5a3179705e80a382ef961329ccc.mp3?version_id=1483","verses":[{"id":1,"text":"शान्ति र मौनसाथ निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।"},{"id":2,"text":"बुद्धिमान् नोकरले अयोग्य छोरामाथि हुकुम चलाउनेछ,\nर दाजुभाइहरूसरह पैतृक-सम्पत्तिको अंश पाउनेछ।"},{"id":3,"text":"चाँदी पगाल्ने भाँड़ो र सुन खार्ने आरन हुन्छ, तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनुहुन्छ।"},{"id":4,"text":"दुष्ट मानिस खराबी कुरा सुन्छ, फटाहाले डाही जिब्रोको कुरातिर ध्यान दिन्छ।"},{"id":5,"text":"गरीबको ठट्टा उड़ाउनेले तिनीहरूलाई बनाउनुहुनेलाई खिसी गर्छ, अर्काको विपत्तिमा रमाउने जोसुकै पनि दण्डबाट उम्कनेछैन।"},{"id":6,"text":"नाति-नातिनाहरू वृद्धहरूका मुकुट हुन्,\nर आमा-बुबाहरू आफ्ना छोराछोरीहरूका गर्व हुन्।"},{"id":7,"text":"अभिमानी कुरा मूर्खको मुखमा नसुहाउँदो हुन्छ भने, शासकको मुखमा झूटो कुरा झन् कत्ति असुहाउँदो हुन्छ!"},{"id":8,"text":"जसले घूस दिन्छ त्यसको लागि त्यो टुनाजस्तै हो, जहाँ गए पनि त्यो सफल हुन्छ।"},{"id":9,"text":"चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।"},{"id":10,"text":"मूर्खलाई सय कोर्रा लगाएकोभन्दा त विवेकी मानिसलाई एकै हप्कीले बढ़ी प्रभाव पार्छ।"},{"id":11,"text":"खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ, त्यसको विरुद्ध एक निष्ठुर अधिकृत पठाइनेछ।"},{"id":12,"text":"मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त बरु बच्चा खोसिएको भालू भेट्नु बेस।"},{"id":13,"text":"यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, खराबीले त्यसको घर कहिल्यै छोड्नेछैन।"},{"id":14,"text":"कलह सुरु हुनु बाँध भत्किनुजस्तो हो, त्यसैले वाद-विवाद चर्किनुभन्दा अघि नै त्यसलाई बन्द गर।"},{"id":15,"text":"दोषीलाई निर्दोष ठहराउने र निर्दोषलाई दोषी ठहराउने— ती दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ।"},{"id":16,"text":"मूर्खको हातमा पैसा के कामको होला र, किनकि बुद्धि प्राप्त गर्ने त्यसमा इच्छा नै हुँदैन?"},{"id":17,"text":"एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्मेको हुन्छ।"},{"id":18,"text":"समझ नभएको मानिस वाचाबन्धन गर्छ,\nर आफ्नो छिमेकीको जमानी बस्छ।"},{"id":19,"text":"कलह रुचाउनेले पाप रुचाउँछ। अग्लो द्वार बनाउनेले सत्यनाश निम्त्याउँछ।"},{"id":20,"text":"कुटिल हृदय भएको मानिसलाई पुगीसरी आउँदैन। जसको जिब्रो छली छ, त्यो सङ्कष्टमा जाकिन्छ।"},{"id":21,"text":"छोरा मूर्ख भइदिनाले अफसोस ल्याउँछ, मूर्खको बुबालाई सुख भने हुँदैन।"},{"id":22,"text":"प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।"},{"id":23,"text":"दुष्ट मानिसले न्याय बिगार्न गुप्तमा घूस स्वीकार गर्छ।"},{"id":24,"text":"विवेकी मानिसले आफ्नो दृष्टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।"},{"id":25,"text":"मूर्ख छोराले आफ्ना बुबामाथि अफसोस,\nर त्यसलाई जन्माउनेमाथि तीतोपन ल्याउँछ।"},{"id":26,"text":"निर्दोष मानिसलाई दण्ड दिनु असल होइन, वा आफ्नो ईमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठीक होइन।"},{"id":27,"text":"ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ,\nर समझशक्ति भएको मानिस ठन्डा मिजासको हुन्छ।"},{"id":28,"text":"चूप लागिबस्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ,\nर आफ्नो जिब्रोलाई लगाम लगायो भने त्यो विवेकी मानिन्छ।"}]},{"id":18,"title":"हितोपदेश 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/18-b2b73a4bdc539f3d5fa5708b27c80d57.mp3?version_id=1483","verses":[{"id":1,"text":"अमिल्दो मानिस स्वार्थको पछि लाग्छ, त्यसले सबै उचित ठहरको खुला विरोध गर्छ।"},{"id":2,"text":"मूर्खले समझदारीमा सन्तुष्टि पाउँदैन, तर आफ्नै विचारहरू पोख्न पाए त्यो प्रसन्न हुन्छ।"},{"id":3,"text":"जब दुष्टता आउँछ, तब अवहेलना पनि आउँछ। शर्मको साथसाथै अपमान पनि आइपर्छ।"},{"id":4,"text":"मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्, तर बुद्धिको फुहाराचाहिँ बुल्बुले खोला हो।"},{"id":5,"text":"दुष्टको पक्ष लिनु, अथवा निर्दोषलाई न्यायबाट वञ्चित गराउनु राम्रो होइन।"},{"id":6,"text":"मूर्खका ओठले आफैमाथि कलह ल्याउँछन्,\nर त्यसको मुखले पिटाइ निम्त्याउँछ।"},{"id":7,"text":"मूर्खको मुख नै त्यसको सर्वनाश हो, अनि त्यसका ओठचाहिँ आफ्नै प्राणको पासो हुन्छन्।"},{"id":8,"text":"कुरौटेका वचनहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्।"},{"id":9,"text":"आफ्नो काम गर्नमा ढिलो गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो।"},{"id":10,"text":"परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्यहाँ दगुर्दै जान्छन् र सुरक्षित हुन्छन्।"},{"id":11,"text":"धनीको सम्पत्ति नै तिनीहरूको लागि किल्लाबन्दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्नै नसकिने पर्खाल ठान्छन्।"},{"id":12,"text":"आफ्नो पतनको अघि मानिसको हृदय घमण्डी हुन्छ, तर आदर आउन अघि नम्रता आउँछ।"},{"id":13,"text":"जसले सुन्न अघि नै जवाफ दिन्छ, त्यो त्यसको मूर्खता र शर्म हो।"},{"id":14,"text":"मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर चूर्ण भएको आत्माको पीडा कसले सहन सक्ला?"},{"id":15,"text":"विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्को कानले त्यो खोजी निकाल्छ।"},{"id":16,"text":"उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ,\nर त्यसलाई महान् व्यक्तिको उपस्थितिमा पुर्याउँछ।"},{"id":17,"text":"दोस्रो व्यक्ति अघि सरेर प्रश्नहरू नगरुञ्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठीक देखा पर्छ।"},{"id":18,"text":"गोला हाल्नाले कलह थामिन्छ,\nर बलिया प्रतिद्वन्द्वीहरू अलग हुन्छन्।"},{"id":19,"text":"किल्लाबन्दी गरिएको सहरलाई वशमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन् गाह्रो हो,\nर कलहहरूचाहिँ आग्लो लाएको किल्लाका ढोकाहरूजस्तै हुन्।"},{"id":20,"text":"आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ।"},{"id":21,"text":"जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ।"},{"id":22,"text":"पत्नी पाउनेले असल कुरा पाउँछ,\nर त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।"},{"id":23,"text":"गरीबले दयाको लागि बिन्तीभाउ गर्छ, तर धनी मानिसले रुखो जवाफ दिन्छ।"},{"id":24,"text":"धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै-कुनै मित्रचाहिँ दाजुभाइभन्दा नजिक टाँसिन्छ।"}]},{"id":19,"title":"हितोपदेश 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/19-428e1740467a1bcee49da73941429dc8.mp3?version_id=1483","verses":[{"id":1,"text":"गरीब भए तापनि कलङ्करहित भई हिँड्नु कुटिल मतिका ओठ भएको मूर्ख हुनुभन्दा उत्तम हो।"},{"id":2,"text":"विनाज्ञानको उत्साह असल हुँदैन। हतार गर्नेले बाटो बिराउँछ।"},{"id":3,"text":"मानिसको आफ्नै मूर्खताले त्यसको जीवन नष्ट हुन्छ, तरै पनि त्यसको हृदयले परमप्रभुको विरुद्ध रोष प्रकट गर्छ।"},{"id":4,"text":"धनले धेरै मित्र बनाउँछ, तर गरीब मानिसको मित्रले उसलाई त्याग्छ।"},{"id":5,"text":"झूटो गवाही दिने दण्डविना उम्कनेछैन,\nर झूटको ओइरो लाउने स्वतन्त्र भएर जान पाउनेछैन।"},{"id":6,"text":"धेरैले शासकको निगाह खोज्छन्,\nर प्रत्येक जना उपहार दिने व्यक्तिको मित्र हुन्छ।"},{"id":7,"text":"गरीब मानिस आफ्ना सबै आफन्तहरूबाट त्यागिन्छ, त्यसका मित्रहरूले त झन् कत्ति बेसरी त्यसलाई त्याग्लान्! त्यसले बिन्तीभाउ गर्दै तिनीहरूका पछि लागे पनि, तिनीहरू कहीँ फेला पर्दैनन्।"},{"id":8,"text":"बुद्धि प्राप्त गर्नेले आफ्नै प्राणलाई प्रेम गर्छ, समझदारीको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।"},{"id":9,"text":"झूटो गवाही दिने दण्डविना उम्कनेछैन,\nर झूटको ओइरो लाउने मानिस नष्ट हुन्छ।"},{"id":10,"text":"मूर्खलाई ऐशआरामसँग जिउनु सुहाउँदैन— कमाराले राजकुमारमाथि हुकुम चलाउनु झन् कत्ति नराम्रो हो!"},{"id":11,"text":"मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ, चित्त दुखाइका कुराप्रति आँखा चिम्लनु त्यसको लागि महिमा हो।"},{"id":12,"text":"राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाहचाहिँ घाँसमाथिको शीतजस्तै हो।"},{"id":13,"text":"मूर्ख छोरा त्यसका बुबाको लागि सर्वनाश हो,\nर मुखाले पत्नी नित्य परिरहने तपतपे झरीजस्तै हो।"},{"id":14,"text":"घरहरू र सम्पत्ति आमा-बुबाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाटै आएकी हो।"},{"id":15,"text":"अल्छीपनले घोर निद्रा ल्याउँछ, अल्छी मानिस भोकै रहन्छ।"},{"id":16,"text":"अर्ती-उपदेश पालन गर्नेले आफ्नो जीवन रक्षा गर्छ, तर आफ्नो चालको बेवास्ता गर्ने मर्नेछ।"},{"id":17,"text":"गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो,\nर त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।"},{"id":18,"text":"आफ्नो छोरालाई ताड़ना दे, किनकि त्यसमा आशा हुन्छ, त्यसको मृत्युमा राजीखुशीले सहभागी नहोऊ।"},{"id":19,"text":"गरम मिजास भएको मानिसले सजाय भोग्नैपर्छ, त्यसलाई उम्कन दिइस् भने त्यो फेरि तैंले गर्नुपर्ने हुनेछ।"},{"id":20,"text":"सुझाव सुन्, र अर्ती ग्रहण गर्,\nर अन्त्यमा तँ बुद्धिमान् बन्नेछस्।"},{"id":21,"text":"मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुकै उद्देश्य विजयी रहन्छ।"},{"id":22,"text":"मानिसले अचूक प्रेमको चाहना गर्छ, झूटो बोल्नुभन्दा त गरीब हुनु नै बेस हो।"},{"id":23,"text":"परमप्रभुको भयले जीवनतिर डोर्याउँछ, तब मानिस ढुक्कसँग बस्नेछ,\nर दु:खले त्यसलाई छुँदैन।"},{"id":24,"text":"अल्छेले आफ्नो हात थालमा गाड्छ,\nर त्यसले आफ्नो हात उठाएर मुखमा समेत ल्याउँदैन!"},{"id":25,"text":"खिल्ली उड़ाउनेलाई कोर्रा लगाउनू, अनि निर्बुद्धि मानिसले बुद्धि सिक्नेछ। विवेकशील मानिसलाई हप्काउनू, अनि त्यसले आफ्नो ज्ञान बढ़ाउनेछ।"},{"id":26,"text":"आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई बाहिर निकाल्ने छोराले शर्म र बेइज्जत ल्याउँदछ।"},{"id":27,"text":"ए मेरो छोरा, अर्ती सुन्न छोडिस् भने, तँ ज्ञानका वचनहरूदेखि बहकिनेछस्।"},{"id":28,"text":"भ्रष्ट साक्षीले न्यायको खिल्ली उडाउँछ,\nर दुष्टको मुखले खराबी स्वात्तै निलिहाल्छ।"},{"id":29,"text":"सजायहरू खिल्ली उठाउनेहरूकै लागि तयार पारिएका हुन्छन्,\nर चुटाइ मूर्खहरूको पिठिउँको लागि हो।"}]},{"id":20,"title":"हितोपदेश 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/20-12599c00886b6d41a23fe26df30b7de7.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान् हुँदैनन्।"},{"id":2,"text":"राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ, तिनलाई रीस उठाउनेले आफ्नो जीवन गुमाउँछ।"},{"id":3,"text":"कलह नचाहनु मानिसको निम्ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्चाउनमा छिटो हुन्छ।"},{"id":4,"text":"अल्छेले बेलामा जोत्दैन, त्यसकारण फसलको बेला त्यसले खोज्छ तर केही फेला पार्दैन।"},{"id":5,"text":"मानिसको हृदयमा भएका उद्देश्यहरू गहिरा पानीजस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।"},{"id":6,"text":"धेरै मानिसहरू आफूमा अचूक प्रेम भएको दाबी गर्छन्, तर विश्वास योग्य मानिस कहाँ पाउन सकिएला?"},{"id":7,"text":"धर्मी मानिस दोषरहित जीवन यापन गर्छ, त्यसको पछि आउने छोरा-छोरीहरू धन्यका हुन्।"},{"id":8,"text":"जब राजा आफ्नो सिंहासनमा न्याय गर्न बस्छन्, तिनले आफ्नो आँखाले सबै खराबी केलाउँछन्।"},{"id":9,"text":"कसले भन्न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु”?"},{"id":10,"text":"भिन्नै नमिल्ने ढकहरू र नापहरू परमप्रभु घृणा गर्नुहुन्छ।"},{"id":11,"text":"एउटा बालकलाई पनि उसको गतिविधिबाटै उसको चालचलन ठीक भए नभएको थाहा गर्न सकिन्छ।"},{"id":12,"text":"सुन्ने कान र देख्ने आँखा, ती दुवै परमप्रभुले नै बनाउनुभएको हो।"},{"id":13,"text":"निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्-झन् दरिद्र तुल्याउँछ। जागा रहेस् र तँसँग जगेरा अन्न रहनेछ।"},{"id":14,"text":"ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब अलिक पर पुगेपछि आफ्नो खरीद गराइमा त्यसले धाक लाउँछ।"},{"id":15,"text":"सुन छ, मानिकहरू प्रशस्त छन्, तर ज्ञानको वचन बोल्ने ओठहरू दुर्लभ रत्न हुन्।"},{"id":16,"text":"अपरिचितको जमानी बस्नेको लुगा पनि खोस्नू। यदि त्यसले स्वेच्छाचारी स्त्रीको खातिर त्यसो गरेको भए, त्यो धरौटी राख्नू।"},{"id":17,"text":"छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्छ, तर त्यसको अन्त्यचाहिँ मुखभरि रोडा हालेसरह हुन्छ।"},{"id":18,"text":"सल्लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्नु छ भने सल्लाह प्राप्त गर्।"},{"id":19,"text":"कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, त्यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।"},{"id":20,"text":"यदि कसैले आफ्नो बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारको बेला निभाइनेछ।"},{"id":21,"text":"सुरुमा झटपट गरेर हात पारेको सम्पत्ति अन्त्यमा आशिष्पूर्ण हुनेछैन।"},{"id":22,"text":"यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ।"},{"id":23,"text":"परमप्रभु घट्बढ् नाप-तौल घृणा गर्नुहुन्छ,\nर छली तराजूले उहाँलाई प्रसन्न तुल्याउँदैन।"},{"id":24,"text":"मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्छन्। मानिसले आफ्नो बाटो कसरी बुझ्न सक्ला?"},{"id":25,"text":"असावधानीसँग केही कुरो अर्पण गरिसकेर पछिबाट मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।"},{"id":26,"text":"बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्, तिनले उनीहरूमाथि अन्न चुट्ने चक्का दल्छन्।"},{"id":27,"text":"परमप्रभुको दियो मानिसको आत्मालाई खोजी गर्छ, त्यसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।"},{"id":28,"text":"प्रेम र विश्वासयोग्यताले राजालाई सुरक्षा प्रदान गर्छ, प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्छ।"},{"id":29,"text":"जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो।"},{"id":30,"text":"मुक्का र चोटहरूले खराबी हटाउँछन्,\nर पिटाइले भित्री मनुष्यत्व खारिन्छ।"}]},{"id":21,"title":"हितोपदेश 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/21-3396e5cab1f7e21f9771bb8797fdb31e.mp3?version_id=1483","verses":[{"id":1,"text":"राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ।"},{"id":2,"text":"मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्ला, तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ।"},{"id":3,"text":"जे ठीक र न्यायसङ्गत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ।"},{"id":4,"text":"घमण्डी आँखा र अहङ्कारी हृदय, दुष्टका दियो यिनै हुन् जो पाप हो!"},{"id":5,"text":"लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ।"},{"id":6,"text":"झूटो जिब्रोले आफ्नो भाग्य सुधार्नचाहिँ उड़िजाने कुइरो र घातक पासो हो।"},{"id":7,"text":"दुष्टको उपद्रवले नै तिनीहरूलाई घिच्च्याएर लैजान्छ, किनभने जे ठीक हो सो गर्न तिनीहरूले अस्वीकार गर्छन्।"},{"id":8,"text":"दोषीको बाटो कुटिल हुन्छ, तर निर्दोषको चालचलन ईमानदार हुन्छ।"},{"id":9,"text":"कचकचे पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस।"},{"id":10,"text":"दुष्ट मानिसले खराबीको लालसा गर्छ, त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।"},{"id":11,"text":"जब खिल्ली उड़ाउनेलाई दण्ड दिइन्छ, निर्बुद्धिले बुद्धि प्राप्त गर्छ, बुद्धिमान्लाई जब शिक्षा दिइन्छ, त्यसले ज्ञान पाउँछ।"},{"id":12,"text":"परमधार्मिकले दुष्टको घरलाई याद गरिरहनुहुन्छ,\nर उहाँले दुष्टहरूमाथि सर्वनाश ल्याउनुहुन्छ।"},{"id":13,"text":"गरीबले पुकारा गर्दा यदि मानिसले आफ्नो कान बन्द गर्छ भने, त्यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन।"},{"id":14,"text":"गुप्तमा दिइएको उपहारले रीस मारिदिन्छ,\nर खास्टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गराउँछ।"},{"id":15,"text":"जब न्याय हुन्छ, धर्मीहरू हर्षित हुन्छन्, तर कुकर्मीहरू भने त्रासित हुन्छन्।"},{"id":16,"text":"समझदारीको मार्गबाट तर्किने मानिस मृतकहरूको सङ्गतमा लेट्न पुग्छ।"},{"id":17,"text":"सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्यै धनी हुनेछैन।"},{"id":18,"text":"धर्मीका छुटकाराको साधन दुष्टहरू हुनेछन्,\nर बेईमानहरूचाहिँ ईमानदारीसँग चल्नेको साधन हुनेछन्।"},{"id":19,"text":"झगड़ालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस।"},{"id":20,"text":"बुद्धिमान् मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।"},{"id":21,"text":"धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, समुन्नति र आदर पाउँछ।"},{"id":22,"text":"बुद्धिमान् मानिसले बलिष्ठको सहरमाथि आक्रमण गर्छ,\nर तिनीहरूले भरोसा गरेको बलियो गढ़ खँगार पारिदिन्छ।"},{"id":23,"text":"आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद्-विपद्बाट जोगाउँछ।"},{"id":24,"text":"अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्ली उड़ाउने” हो, त्यसले अभिमानीसाथ व्यवहार गर्दछ।"},{"id":25,"text":"अल्छेको लालसाले नै त्यसलाई मार्नेछ, किनभने त्यसका हातहरू काम गर्न अस्वीकार गर्छन्।"},{"id":26,"text":"दिनभरि नै त्यसले झन् बढ्ता लालसा गरिरहन्छ, तर धर्मीले मुट्ठी खोलेर दिन्छ।"},{"id":27,"text":"दुष्टको बलिदान घिनलाग्दो हुन्छ— खराब अभिप्रायले चढ़ाएको झन् कत्ति बढ़ी घृणित होला!"},{"id":28,"text":"झूटो साक्षी नष्ट हुनेछ, त्यसको कुरा सुन्ने जोसुकै सधैँको निम्ति नष्ट हुनेछ"},{"id":29,"text":"दुष्ट मानिस साहसीजस्तै हिँड्छ, तर ईमानदारीसँग चल्ने मानिसले आफ्ना चालहरू विचार गर्छ।"},{"id":30,"text":"कुनै पनि यस्तो बुद्धि, अन्तर्दृष्टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्छ।"},{"id":31,"text":"युद्धका दिनको लागि घोडा तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्छ।"}]},{"id":22,"title":"हितोपदेश 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/22-6d6926154fa72bf49153981a1492a62d.mp3?version_id=1483","verses":[{"id":1,"text":"धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो।"},{"id":2,"text":"धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ।"},{"id":3,"text":"बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ।"},{"id":4,"text":"नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।"},{"id":5,"text":"दुष्टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्छन्, तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढ़ै रहन्छ।"},{"id":6,"text":"बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ,\nर वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।"},{"id":7,"text":"धनीले गरीबमाथि प्रभुत्व जमाउँछ,\nर ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।"},{"id":8,"text":"दुष्टता रोप्नेले सङ्कष्टको कटनी गर्छ,\nर त्यसको झोँकको लट्ठी नष्ट हुनेछ।"},{"id":9,"text":"उदार मानिसले आफै पनि आशिष् पाउनेछ, किनभने त्यसले आफ्नो भोजन गरीबलाई बाँड्छ।"},{"id":10,"text":"गिल्ला गर्नेलाई बाहिर निकालिदिनू,\nर खिचोला मेटिन्छ, कलह र अपमान टुङ्गिन्छन्।"},{"id":11,"text":"जसले हृदयको शुद्धता रुचाउँछ र जसको बोलीवचन अनुग्रहसहितको छ, त्यसको लागि राजा पनि मित्र हुनेछ।"},{"id":12,"text":"परमप्रभुको आँखाले ज्ञानको हेरचाह गर्छ, तर अविश्वासीका वचनहरूलाई उहाँले विफल गराउनुहुन्छ।"},{"id":13,"text":"अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ!” अथवा “गल्लीहरूमा गएँ भने मेरो हत्या हुनेछ।”"},{"id":14,"text":"व्यभिचारिणीको मुख एक गहिरो खाड़ल हो। परमप्रभुको क्रोधमा पर्नेहरू त्यसभित्र जाकिनेछन्।"},{"id":15,"text":"बालकको हृदय मूर्खताको बन्धनले जेलिएको हुन्छ, तर ताड़नाको बेतले उसबाट त्यो टाढ़ा भाग्नेछ।"},{"id":16,"text":"आफ्नो सम्पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने,\nर धनीलाई उपहारहरू दिने दुवै व्यक्ति दरिद्र बन्छन्।"},{"id":17,"text":"बुद्धिमान्का उखानहरूमा ध्यान दिएर सुन्,\nर मैले सिकाएका कुराहरूमा तेरो मन लगा,"},{"id":18,"text":"किनभने ती कुराहरू तेरो हृदयमा राखिस् भने, अनि ती सबै तेरा ओठमा तयार रहन्छन् भने त्यो मनोहर हुन्छ।"},{"id":19,"text":"तेरो भरोसा परमप्रभुमा होस् भनेर यो कुरा आज म तँलाई सिकाउँछु, अँ, तँलाई नै सिकाउँछु।"},{"id":20,"text":"के मैले तेरो लागि तीस वटा नीति-वचन लेखिदिएको होइनँ र— सल्लाह र ज्ञानका वचनहरू?"},{"id":21,"text":"आफूलाई पठाउनुहुनेकहाँ तैंले उचित जवाफहरू दिन सक् भनेर मैले तँलाई सत्य विश्वसनीय वचनहरू सिकाएको होइनँ र?"},{"id":22,"text":"तिनीहरू असहाय छन् भन्दैमा गरीबमाथि शोषण नगर्,\nर दीन-हीनलाई अदालतमा पेल्ने काम नगर्,"},{"id":23,"text":"किनभने परमप्रभुले तिनीहरूको मुद्दा आफ्नो हातमा लिनुहुनेछ,\nर तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुनेछ।"},{"id":24,"text":"गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्,"},{"id":25,"text":"नत्रता त्यसको चाल तैंले सिक्लास्,\nर आफै पासोमा पर्लास्।"},{"id":26,"text":"बन्धकमा आफ्नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्।"},{"id":27,"text":"यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।"},{"id":28,"text":"प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्।"},{"id":29,"text":"आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यसले राजाहरूका सामु सेवा गर्नेछ। त्यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन।"}]},{"id":23,"title":"हितोपदेश 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/23-f2bf0afb8675d4717503b4fe96108bd4.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब तँ शासकसँग भोजन गर्न बस्छस्, तेरो सामुन्ने जे राखिएको छ त्यो राम्ररी याद गर्,"},{"id":2,"text":"यदि तेरो खन्चुवा बानी छ भने, तेरो घाँटीमा चक्कू राख्।"},{"id":3,"text":"तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्यो भोजन छकाउने हुन्छ।"},{"id":4,"text":"धनी बन्न आफूलाई बेसरी नघोट्, बुद्धिमानी बनी संयम गर्।"},{"id":5,"text":"धनको एक झलक पाइन्छ,\nर त्यो गइहाल्छ, किनभने त्यसका पखेटाहरू पलाउँछन्,\nर आकाशतिर गरुडझैँ त्यो उड़ेर जानेछ।"},{"id":6,"text":"कन्जुस मानिसको भोजन नखा, त्यसको मीठो भोजनको लोभ नगर्,"},{"id":7,"text":"किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्छ। त्यसले तँलाई “खानुहोस्, पिउनुहोस्” भन्छ, तर त्यसको मन तँसित हुँदैन।"},{"id":8,"text":"तैंले त्यो थोरै खाएको पनि उकेलिदिनेछस्,\nर त्यसलाई तैंले गरेको अभिवादन त्यसै खेर जानेछ।"},{"id":9,"text":"मूर्खसँग कुरा नगर्, किनभने त्यसले तेरा वचनहरूका बुद्धिको तिरस्कार गर्नेछ।"},{"id":10,"text":"प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्,"},{"id":11,"text":"किनभने तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ। उहाँले तेरो विरुद्ध तिनीहरूको मामिला उठाउनुहुनेछ।"},{"id":12,"text":"तेरो हृदय अर्तीतिर लगा,\nर तेरा कान ज्ञानका वचनतिर लगा।"},{"id":13,"text":"बालकलाई ताड़ना दिन नरोक्। तैंले त्यसलाई बेत लगाएर सजाय दिइस् भने त्यो मरिजानेछैन।"},{"id":14,"text":"बेत लगाएर त्यसलाई सजाय दे,\nर त्यसको प्राण मृत्युदेखि बचा।"},{"id":15,"text":"हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान् छ भने, मेरो हृदय खुशी हुनेछ।"},{"id":16,"text":"मेरो अन्तस्करण त्यस बेला रमाउनेछ, जब तेरो ओठले उचित कुरा बोल्दछ।"},{"id":17,"text":"तेरो हृदयलाई पापीहरूको डाह गर्न नदे, तर परमप्रभुका भयको निम्ति उत्सुक भइरह।"},{"id":18,"text":"निश्चय नै भविष्यमा तेरो निम्ति आशा छ,\nर तेरो आशा व्यर्थ जानेछैन।"},{"id":19,"text":"हे मेरो छोरा, सुन् र बुद्धिमान् बन्,\nर तेरो हृदय ठीक मार्गमा राख्।"},{"id":20,"text":"बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्म मासु हसुर्नेहरूसँग सङ्गत नगर्,"},{"id":21,"text":"किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छन्,\nर यस्तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्छन्।"},{"id":22,"text":"तेरा बुबाको कुरा सुन्, जसले तँलाई जीवन दिए,\nर आफ्नी आमा वृद्ध हुँदा उनको हेला नगर्।"},{"id":23,"text":"सत्य किन् र त्यो बिक्री नगर्। बुद्धि, अनुशासन र समझदारी प्राप्त गर्।"},{"id":24,"text":"धर्मी मानिसको बुबा असाध्यै आनन्दित हुन्छ, बुद्धिमान् छोरा आफ्ना बुबामा प्रसन्न रहन्छ।"},{"id":25,"text":"तेरा बुबा र आमा हर्षित होऊन्, तँलाई जन्म दिने आमाले रमाहट गरून्।"},{"id":26,"text":"हे मेरो छोरा, तेरो हृदय मलाई दे,\nर तेरा आँखाले मेरा बाटो पालन गरून्,"},{"id":27,"text":"किनभने वेश्या एक गहिरो खाड़ल हो,\nर व्यभिचारिणी स्त्री एक साँघुरो इनार हो।"},{"id":28,"text":"त्यो डाँकूझैँ ढुकिबस्छे,\nर मानिसहरूका माझमा अविश्वासीहरूको सख्ंया बढ़ाउँछे,"},{"id":29,"text":"कष्ट कसलाई हुन्छ? शोक कसलाई हुन्छ? कलह कसलाई हुन्छ? गुनासो कसलाई हुन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू रगतजस्ता राता हुन्छन्?"},{"id":30,"text":"तिनीहरूकै जो मद्यमै भुलिरहन्छन्, जुनहरू मिश्रित मद्यको प्याला चाख्न जान्छन्।"},{"id":31,"text":"रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्यो कचौरामा राख्दा फीँज उठ्छ, जब त्यो सहजै उँधो जान्छ!"},{"id":32,"text":"अन्त्यमा त्यसले सर्पले झैँ डस्छ,\nर गोमनले झैँ विष हालिदिन्छ।"},{"id":33,"text":"तेरा आँखाले अनौठा दृश्यहरू देख्नेछन्,\nर तेरो मनले अलमल्याउने कुराहरू विचार गर्नेछ।"},{"id":34,"text":"महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्तूलका डोरीको मास्तिर झुण्डिरहेझैँ तँ हुनेछस्।"},{"id":35,"text":"तैंले भन्नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्दैन! तिनीहरू मलाई पिट्छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्यूझुँला,\nर म अझ पिउन सक्नेछु?”"}]},{"id":24,"title":"हितोपदेश 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/24-1ab60128a876a1841c16928003b622c7.mp3?version_id=1483","verses":[{"id":1,"text":"दुष्ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्न इच्छा नगर्,"},{"id":2,"text":"किनभने तिनीहरूको हृदयले उपद्रव रच्दछ,\nर तिनीहरूका ओठले झमेला ल्याउने कुरा गर्दछ।"},{"id":3,"text":"बुद्धिले घर बनाइन्छ,\nर सुझबुझले त्यो स्थापित हुन्छ,"},{"id":4,"text":"ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्।"},{"id":5,"text":"बुद्धिमान् मानिसको शक्ति महान् हुन्छ,\nर ज्ञानी मानिसको सामर्थ्य बढ्छ।"},{"id":6,"text":"युद्ध गर्नका निम्ति तँलाई अगुवाइ चाहिन्छ, विजय पाउनलाई धेरै सल्लाहकार चाहिन्छ।"},{"id":7,"text":"मूर्खको निम्ति बुद्धि साह्रै उच्च हुन्छ, ढोकामा जम्मा भएको समुदायको अगि बताउने कुरा त्यससँग हुँदैन।"},{"id":8,"text":"खराबी जसले रच्दछ, त्यो षड्यन्त्रकारीको नाउँले चिनिनेछ।"},{"id":9,"text":"मूर्खताका षड्यन्त्रहरू पाप हुन्,\nर मानिसहरू अर्काको खिल्ली उड़ाउनेलाई घिनाउँछन्।"},{"id":10,"text":"सङ्कष्टको दिनमा लरखराइस् भने, तेरो बल कति कम रहेछ!"},{"id":11,"text":"मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्।"},{"id":12,"text":"यदि तँ भन्छस्, “हामीलाई त यसबारे केही थाहै भएन,” के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्याल राख्नुहुन्न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाहा हुँदैन र?\nके उहाँले हरेक व्यक्तिलाई त्यसको कामअनुसार बदला दिनुहुन्न र?"},{"id":13,"text":"हे मेरो छोरा, मह खा, किनभने त्यो असल हुन्छ, चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ।"},{"id":14,"text":"यो पनि याद राख् कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ। यसलाई तैंले प्राप्त गरिस् भने, तेरो भविष्यको लागि आशा छ,\nर तेरो आशा व्यर्थै जानेछैन।"},{"id":15,"text":"धर्मी मानिसका घरको विरुद्ध दुष्टले ढुकेझैँ ढुकी नबस्, त्यसको वासस्थानमाथि छापा नमार्,"},{"id":16,"text":"किनभने धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्छ, तर दुष्टहरूलाई विपत्तिले नाश गरिदिन्छन्।"},{"id":17,"text":"तेरो शत्रुको पतन हुँदा नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्,"},{"id":18,"text":"नत्रभने परमप्रभुले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ,\nर त्यसदेखि आफ्नो क्रोध हटाउनुहुनेछ।"},{"id":19,"text":"दुष्ट मानिसहरूको कारण पीर नमान्, वा दुष्टप्रति डाही नबन्,"},{"id":20,"text":"किनभने दुष्ट मानिसका भविष्यको आशा हुँदैन,\nर दुष्टको बत्ती निभाइनेछ।"},{"id":21,"text":"हे मेरो छोरा, परमप्रभुको र राजाको डर राख्,\nर विद्रोहीहरूसँग नमिल्,"},{"id":22,"text":"किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्कासि सर्वनाश पठाउनुहुनेछ।\nर कस्ता विपत्तिहरू उहाँहरूले पठाउनुहोला भनी कसलाई थाहा हुन्छ र?"},{"id":23,"text":"यी पनि बुद्धिमान्का उखानहरू हुन्:\nन्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।"},{"id":24,"text":"दोषीलाई जसले “तिमी निर्दोष छौ,” भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन् र जातिहरूले त्यसको निन्दा गर्नेछन्।"},{"id":25,"text":"तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्यस व्यक्तिमाथि प्रशस्त आशिष् बर्षनेछ।"},{"id":26,"text":"ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्बनजस्तै हो।"},{"id":27,"text":"बाहिरको काम पूरा गर्,\nर आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना।"},{"id":28,"text":"आफ्नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्ना ओठलाई छली कामको लागि प्रयोग नगर्।"},{"id":29,"text":"यसो नभन्, “त्यसले मलाई गरेझैँ म पनि त्यसलाई गर्नेछु, त्यस मानिसले मलाई गरेको साटो म लिनेछु।”"},{"id":30,"text":"म एउटा अल्छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ,"},{"id":31,"text":"चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो।"},{"id":32,"text":"मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें,\nर मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें।"},{"id":33,"text":"क्षणभरको सुताइ र क्षणभरको उँघाइले, \n हात बाँधेर क्षणभरको आराम गराइले,"},{"id":34,"text":"दरिद्रता तँमाथि डाँकूझैँ,\nर अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ।"}]},{"id":25,"title":"हितोपदेश 25","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/25-1b2e10196e72ad3717446ccbad62edd6.mp3?version_id=1483","verses":[{"id":1,"text":"सोलोमनका यी हितोपदेश यहूदाका राजा हिजकियाका मानिसहरूले उतारेका हुन्:"},{"id":2,"text":"कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नुमा राजाहरूको महिमा हुन्छ।"},{"id":3,"text":"जसरी स्वर्गहरू उच्च छन् र पृथ्वी गहिरो छ, त्यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्छ।"},{"id":4,"text":"चाँदीको कसर निकालिदे, अनि मात्र कलाकारको निम्ति काम लाग्ने वस्तु निस्कन्छ।"},{"id":5,"text":"राजाको उपस्थितिबाट दुष्टहरू निकालिदे, अनि मात्र तिनको सिंहासन धार्मिकताले स्थापित हुनेछ।"},{"id":6,"text":"राजाको उपस्थितिमा आफैलाई नउचाल्, \nर महापुरुषहरूका माझमा बस्ने हक नखोज्।"},{"id":7,"text":"ठूलाबड़ाका अगि तँलाई तिनले होच्याउनुभन्दा, तिनी आफैले तँलाई यसो भनेको बेस हुनेछ, “यहाँ माथि आऊ।”"},{"id":8,"text":"तेरो आँखाले जे देखेको छ, त्यो कुरा हत्तपत्त अदालतमा नलैजा, किनभने अन्त्यमा तैंले के गर्नेछस्, यदि तेरो छिमेकीले तँलाई लाजमा पार्यो भने?"},{"id":9,"text":"छिमेकीसँग आफ्नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्थामा विश्वासघात नगर्,"},{"id":10,"text":"नत्रता त्यो सुन्नेले तँलाई लाजमा पार्ला,\nर तेरो खराब नाम कहिल्यै मेटिनेछैन।"},{"id":11,"text":"ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन्।"},{"id":12,"text":"सुनको कुण्डल वा निखुर सुनको गहनाझैँ बुद्धिमान् मानिसको हप्की सुन्ने कानको लागि हुन्छ।"},{"id":13,"text":"कटनीको बेला हिउँको शीतलताझैँ विश्वास योग्य दूत त्यसलाई पठाउनेहरूका निम्ति हुन्छ। आफ्ना मालिकको आत्मालाई त्यसले ताजा गराउँछ।"},{"id":14,"text":"झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ।"},{"id":15,"text":"धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ,\nर विनीत जिब्रोले हड्डी गलाउन सक्छ।"},{"id":16,"text":"मह भेट्टाइस् भने चाहिँदो मात्र खा, यो धेरै खाइस् भने तैंले बान्ता गर्नेछस्।"},{"id":17,"text":"आफ्नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने गरिस् भने त्यसले तँलाई घृणा गर्नेछ।"},{"id":18,"text":"लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो।"},{"id":19,"text":"दु:खेको दाँत अथवा लङ्गड़ो खुट्टा भएझैँ सङ्कष्टको बेला अविश्वसयोग्य व्यक्तिमा भर पर्नु हो।"},{"id":20,"text":"जाडो दिनमा ओढ्ने खोसेर लगेझैँ वा सोडामा सिर्का खन्याएझैँ, दु:खित हृदय भएकोलाई गीत गाइदिने मानिस हुन्छ।"},{"id":21,"text":"यदि तेरो शत्रु भोकाएको छ भने, त्यसलाई खान भोजन दे, \n यदि त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन पानी दे।"},{"id":22,"text":"यसो गर्नाले तैंले त्यसको टाउकोमा जलिरहेको भुङ्ग्रो खन्याउनेछस्,\nर परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।"},{"id":23,"text":"उत्तरीय बतासले वृष्टि ल्याएझैँ धूर्त जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ।"},{"id":24,"text":"झगड़िया पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस।"},{"id":25,"text":"थकित प्राणको लागि चिसो पानीझैँ टाढ़ा ठाउँबाट आएको शुभ समाचार हो।"},{"id":26,"text":"दुष्टको कुरामा लाग्ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।"},{"id":27,"text":"धेरै मह खानु राम्रो हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ।"},{"id":28,"text":"पर्खालहरू भत्किएको नगरझैँ आत्मसंयम नभएको मानिस हो।"}]},{"id":26,"title":"हितोपदेश 26","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/26-5182ced0456ada4800adffe05996df23.mp3?version_id=1483","verses":[{"id":1,"text":"ग्रीष्म ऋतुमा हिउँ वा फसलको बेला झरी परेझैँ मूर्खलाई सम्मान दिनु सुहाउँदैन।"},{"id":2,"text":"भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ विनाकारणको श्राप पनि लाग्दैन।"},{"id":3,"text":"घोडाको लागि कोर्रा, गधाको लागि करेली,\nर मूर्खहरूका पिठिउँको लागि लट्ठी!"},{"id":4,"text":"मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्।"},{"id":5,"text":"मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्यो आफ्नै नजरमा बुद्धिमान् हुनेछ।"},{"id":6,"text":"आफ्नै खुट्टामा बन्चरो हानेझैँ अथवा हिंसा पिएझैँ मूर्खको हातमा समाचार पठाउनु हो।"},{"id":7,"text":"लङ्गड़ो मानिसका झुण्डिएका लुला गोडाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ।"},{"id":8,"text":"मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्नुझैँ हो।"},{"id":9,"text":"मतवालाको हातमा काँढ़े बिरुवा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो।"},{"id":10,"text":"मूर्ख वा कुनै बटुवालाई ज्यालामा काम लगाउनू धनुर्धारीले जथाभाबी काँड़ हानेर चोटैचोट पार्नुझैँ हो।"},{"id":11,"text":"जसरी कुकुर आफ्नै बान्ता खान फर्किन्छ, त्यसरी नै मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ।"},{"id":12,"text":"आफ्नै नजरमा आफूलाई बुद्धिमान् ठान्ने मानिस देखेको छस्? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।"},{"id":13,"text":"अल्छेले भन्छ, “सड़कमा सिंह छ, डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ!”"},{"id":14,"text":"ढोका आफ्नो कब्जामा यताउता फर्केझैँ अल्छे आफ्नो खाटमा पल्टन्छ।"},{"id":15,"text":"अल्छेले आफ्नो हात थालमा गाड्छ, र आफ्नो मुखसम्म पुर्याउन पनि त्यसलाई अल्छी लाग्छ।"},{"id":16,"text":"ढङ्ग मिलाएर जवाफ दिने सात जना मानिसभन्दा पनि अल्छे आफ्नै नजरमा बुद्धिमान् बन्छ।"},{"id":17,"text":"आफूसँग असम्बन्धित झगड़ामा हस्तक्षेप गर्ने बटुवा,\nर कुकुरको कान पक्रने व्यक्ति एउटै हो।"},{"id":18,"text":"त्यो अगुल्टा वा घातक काँड़ हान्ने बौलाहाजस्तो हो,"},{"id":19,"text":"जसले आफ्नो छिमेकीलाई छल गरिसकेपछि भन्छ, “मैले त ख्यालख्याल मात्रै गरेको थिएँ!”"},{"id":20,"text":"दाउराविना आगो निभ्छ, कुरौटेविना खिचोला शान्त हुन्छ।"},{"id":21,"text":"भुङ्ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ कलह सल्काउनका निम्ति झगड़िया मानिस हुन्छ।"},{"id":22,"text":"कुरौटेका शब्दहरू मीठो गाँसजस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्।"},{"id":23,"text":"माटोको भाँड़ोमा चाँदीको जलप लाएझैँ दुष्ट हृदयका जोशिला ओठ हुन्छन्।"},{"id":24,"text":"द्वेषपूर्ण मानिसले आफूलाई त्यसको कुराले ढाकछोप गर्छ, तर आफ्नो हृदयमा भने त्यसले छलछामलाई आश्रय दिन्छ।"},{"id":25,"text":"त्यसको बोली मनोहर भए पनि त्यसमाथि विश्वास नगर्, किनभने त्यसको हृदय सात वटा द्वेषले भरिएको हुन्छ।"},{"id":26,"text":"त्यसले आफ्नो द्वेष छलसित लुकाएको हुन सक्छ, तर त्यसको दुष्टता समुदायमा खुल्ला हुनेछ।"},{"id":27,"text":"मानिसले खाड़ल खन्यो भने त्यसभित्र त्यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्यो गुड़ेर आफैतिर फर्कनेछ।"},{"id":28,"text":"झूटो जिब्रोले त्यसबाट पीडामा परेकाहरूलाई घृणा गर्छ,\nर चापलूसी घस्ने मुखले सर्वनाश गराउँछ।"}]},{"id":27,"title":"हितोपदेश 27","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/27-1845cbb5f7d0bad85e6ffc64c03e5237.mp3?version_id=1483","verses":[{"id":1,"text":"भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। "},{"id":2,"text":"तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्।"},{"id":3,"text":"ढुङ्गा गह्रौँ हुन्छ र बालुवा वजनदार, तर मूर्खको उत्तेजना ती दुवैभन्दा अझ गह्रौँ हुन्छ।"},{"id":4,"text":"क्रोध निर्दयी हुन्छ, र झोँकचाहिँ अत्यधिक, तर डाहको सामु को खड़ा हुनसक्छ?"},{"id":5,"text":"खुल्ला हप्की गोप्य प्रेमभन्दा असल हो।"},{"id":6,"text":"मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन्।"},{"id":7,"text":"टन्न अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्छ।"},{"id":8,"text":"आफ्नो गुँड़बाट भट्किएर निस्केको चराझैँ आफ्नो घरबाट भट्किएर निस्केको मानिस हुन्छ।"},{"id":9,"text":"अत्तर र धूपले मनलाई हर्षित पार्छ,\nर मित्रबाट पाइने मिठास उनको साँचो सल्लाह हो।"},{"id":10,"text":"आफ्नै मित्र र आफ्ना बुबाको मित्रलाई नत्याग्,\nर तँलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजा, किनभने नजिकको छिमेकी टाढ़ाको दाजुभाइभन्दा बेस हो।"},{"id":11,"text":"हे मेरो छोरा, बुद्धिमान् बन्,\nर मेरो हृदयलाई आनन्दित तुल्या, तब मलाई हेलचेक््रयाइँको व्यवहार गर्ने जोसुकैलाई पनि म जवाफ दिन सक्नेछु।"},{"id":12,"text":"बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यतैतिर जान्छ र दु:ख भोग्छ।"},{"id":13,"text":"अपरिचितको जमानी बस्नेको लुगा पनि खोस्, यदि त्यसले स्वेच्छाचारी स्त्रीको खातिर त्यसो गरेको भए, त्यो धरौटी राख्।"},{"id":14,"text":"कसैले आफ्नो छिमेकीलाई एकाबिहानै चर्को स्वरले आशिष् दिन्छ भने, त्यो ता श्राप पो बन्छ।"},{"id":15,"text":"झगड़िया पत्नी वर्षाको दिनमा एकोहोरो तपतप चुहुने झरीजस्तै हो।"},{"id":16,"text":"त्यसलाई वशमा राख्नु बतासलाई वशमा राख्नु बराबर हो, अथवा हातले तेल अँठ्याउनुजस्तै हो।"},{"id":17,"text":"फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ।"},{"id":18,"text":"अञ्जीरको रूख रेखदेख गर्नेले त्यसको फल खानेछ,\nर आफ्ना मालिकको हेरचाह गर्ने व्यक्ति सम्मानित हुनेछ।"},{"id":19,"text":"पानीमा अनुहार प्रतिबिम्बित भएझैँ मानिसको हृदयमा मानिस प्रतिबिम्बित हुन्छ।"},{"id":20,"text":"मृत्यु र विनाश कहिल्यै तृप्त हुँदैन, न त मानिसका आँखा नै सन्तुष्ट हुन्छन्।"},{"id":21,"text":"चाँदी पगाल्ने भाँड़ो र सुन खार्ने आरन हुन्छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्छ।"},{"id":22,"text":"मूर्खलाई खलमा हालेर पिँधे पनि, त्यसलाई जाँतोमा अन्न राखेर पिँधेझैँ गरे पनि, तैंले त्यसको मूर्खता त्यसबाट हटाउनेछैनस्।"},{"id":23,"text":"तेरा भेड़ाहरूको अवस्था राम्ररी थाहा गर्, आफ्नो बगालप्रति सावधानीपूर्वक ध्यान दे,"},{"id":24,"text":"किनभने धन-सम्पत्ति त सधैँभरि रहँदैन,\nर मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन।"},{"id":25,"text":"जब पराल हटाइन्छ र नयाँ पालुवा देखा पर्छ,\nर डाँड़ा-पाखाहरूबाट घाँस बटुलिन्छ,"},{"id":26,"text":"तब भेड़ाहरूले तँलाई लुगा जुटाइदिन्छन्,\nर खेत किन्ने रकम बाख्राहरूबाट आउँछ।"},{"id":27,"text":"बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्नेछ,\nर तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।"}]},{"id":28,"title":"हितोपदेश 28","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/28-4be6bada247b284cf722ce8f9a153917.mp3?version_id=1483","verses":[{"id":1,"text":"कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीचाहिँ सिंहजस्तै आँटिला हुन्छन्।"},{"id":2,"text":"जब देश बागी बन्छ, त्यहाँ धेरै शासकहरू खड़ा हुन्छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्छ।"},{"id":3,"text":"गरीबमाथि थिचोमिचो गर्ने शासक अन्न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्तै हो।"},{"id":4,"text":"व्यवस्था त्याग्नेहरूले दुष्टहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।"},{"id":5,"text":"दुष्ट मानिसहरू न्यायलाई बुझ्दैनन्, तर परमप्रभुलाई खोज्नेहरूले यसलाई पूर्ण रूपले बुझ्दछन्।"},{"id":6,"text":"गरीब भए तापनि कलङ्करहित भई हिँड्नु कुटिल मतिको बाटोमा लागेको धनीभन्दा असल हो।"},{"id":7,"text":"व्यवस्था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्चुवाको सङ्गत गर्नेले आफ्ना बुबामाथि बेइज्जत ल्याउँछ।"},{"id":8,"text":"अति नै ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढ़ाउँछ, त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ, जसले गरीबमाथि दया राख्नेछ।"},{"id":9,"text":"यदि कसैले व्यवस्थाप्रति आफ्नो कान बन्द गर्छ भने, त्यसका प्रार्थनाहरूसमेत घृणित हुन्छन्।"},{"id":10,"text":"ईमानसँग चल्नेलाई जसले खराब बाटोतिर लैजान्छ, त्यसको आफ्नै पासोमा त्यो फस्नेछ। तर निर्दोषले पर्याप्त अंश पाउनेछ।"},{"id":11,"text":"धनी मानिस आफ्नै नजरमा बुद्धिमान् हुन सक्छ, तर विवेक भएको गरीब मानिसले त्यसलाई छर्लङ्गै देख्छ।"},{"id":12,"text":"धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्छ, तर दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्।"},{"id":13,"text":"आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।"},{"id":14,"text":"परमप्रभुसँग सधैँ डराउने मानिस धन्यको हो, तर आफ्नो हृदय कठोर पार्ने मानिस सङ्कष्टमा पर्छ।"},{"id":15,"text":"गर्जने सिंह वा झम्टने भालूजस्तै असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट मानिस हो।"},{"id":16,"text":"निर्दयी शासकमा बुद्धिको अभाव हुन्छ, तर भ्रष्टाचारको धन घृणा गर्नेले दीर्घायु पाउनेछ।"},{"id":17,"text":"हत्याको दोषले व्याकुल भएको मान्छे मृत्युसम्मै फरार रहनेछ। कसैले पनि त्यसको समर्थन नगरोस्।"},{"id":18,"text":"जसको हिँड़ाइ निर्दोष छ, त्यो सुरक्षित रहन्छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्।"},{"id":19,"text":"आफ्नो जमिन खनजोत गर्नेको प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दौड्नेहरू दरिद्रताले भरिन्छन्।"},{"id":20,"text":"विश्वसनीय मानिसले बेसरी आशिष् पाउनेछ, तर धनी हुनलाई व्यग्र बन्नेहरू दण्डविना रहनेछैन।"},{"id":21,"text":"पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ।"},{"id":22,"text":"कन्जुस मानिस धनी हुने लालसा गर्छ,\nर दरिद्रताले त्यसलाई प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई थाहै हुँदैन।"},{"id":23,"text":"फुर्क्याउने जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्त गर्नेछ।"},{"id":24,"text":"आफ्नो बुबा वा आमालाई लुटेर “यो गल्ती होइन” भन्ने छोरा बरबाद पार्नेको साझेदार हो।"},{"id":25,"text":"लोभी मानिसले कलह मच्चाउँछ, तर परमप्रभुमा भरोसा राख्ने मानिसको फलिफाप हुन्छ।"},{"id":26,"text":"आफैमा भरोसा राख्ने व्यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्ने सुरक्षित रहन्छ।"},{"id":27,"text":"जसले गरीबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन, तर जसले तिनीहरूप्रति आँखा चिम्लन्छ, त्यसले धेरै श्राप पाउनेछ।"},{"id":28,"text":"दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्, तर जब दुष्टको नाश हुन्छ, धर्मी मौलाउँछन्।"}]},{"id":29,"title":"हितोपदेश 29","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/29-2e1c2cdde11de1364ff851c2feaf19b1.mp3?version_id=1483","verses":[{"id":1,"text":"घरीघरी हप्की पाएर पनि कोही हठी नै भइरहन्छ भने, त्यो एक्कासि नाश हुनेछ, तरकीबै नरहने गरी।"},{"id":2,"text":"धर्मी सप्रेमा मानिसहरू रमाउँछन्, दुष्टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्।"},{"id":3,"text":"बुद्धि प्रेम गर्ने मानिसले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति बेकाममा उड़ाउँछ।"},{"id":4,"text":"न्याय कायम गरेर राजाले देशलाई स्थायित्व दिन्छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ।"},{"id":5,"text":"आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टा फस्ने जाल फिँजाएको हुन्छ।"},{"id":6,"text":"खराब मानिस त्यसको आफ्नै पापको कारण पासोमा पर्छ, तर धर्मीजन गाउन र प्रसन्न हुन सक्दछ।"},{"id":7,"text":"धर्मात्माले गरीबको न्यायबारे हेर-विचार गर्छ, तर दुष्टले चाहिँ त्यसबारे सरोकार नै राख्दैन।"},{"id":8,"text":"खिल्ली उड़ाउनेले सहरभरि हल्ला मच्चाउँछ, तर बुद्धिमान् मानिसले क्रोधलाई पर पन्साउँछ।"},{"id":9,"text":"बुद्धिमान् मानिस मूर्खसँगै अदालतमा गयो भने, मूर्ख झोकिन्छ र गिल्ला गर्छ, त्यसैले त्यहाँ मिलाप हुँदैन।"},{"id":10,"text":"रक्तपात गर्ने मानिसहरू ईमानदार व्यक्तिलाई घृणा गर्छन्,\nर ईमानदारीसँग चल्नेलाई मार्न खोज्छन्।"},{"id":11,"text":"मूर्खले आफ्नो रीस पूरै पोखिन दिन्छ, तर बुद्धिमान् मानिसले आफूलाई अधीनमा राख्छ।"},{"id":12,"text":"शासकले झूटा कुराहरू सुन्छ भने, तिनका सम्पूर्ण अधिकारीहरू दुष्ट बन्छन्।"},{"id":13,"text":"गरीब मानिस र अत्याचारीमा यो कुरो समान छ: परमप्रभुले तिनीहरू दुवैका आँखालाई दृष्टि दिनुहुन्छ।"},{"id":14,"text":"यदि राजाले ठीकसँग गरीबको न्याय गर्छ भने, तिनको सिंहासन सदैव सुरक्षित रहनेछ।"},{"id":15,"text":"सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्नी आमाको बेइज्जत गर्छ।"},{"id":16,"text":"जब दुष्ट फस्टाउन थाल्छ, पाप पनि फस्टिँदैजान्छ। तर धर्मीले तिनीहरूको पतन देख्नेछ।"},{"id":17,"text":"आफ्नो छोरालाई ताड़ना दे, र त्यसले तँलाई शान्ति दिन्छ। त्यसले तेरो प्राणमा अति आनन्द ल्याउनेछ।"},{"id":18,"text":"जहाँ दर्शन-प्रकाश छैन, त्यहाँ मानिसहरू भाँड़िन्छन्। तर त्यो मानिस धन्य हो, जसले व्यवस्था पालन गर्छ।"},{"id":19,"text":"कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्यसले बुझे तापनि जवाफ दिँदैन।"},{"id":20,"text":"हतारिएर बोल्ने मानिस तँ देख्छस्? त्यसको भन्दा त एउटा मूर्खको निम्ति धेरै आशा हुन्छ।"},{"id":21,"text":"मानिसले आफ्नो नोकरलाई बाल्यकालदेखि नै पुलपुल्यायो भने, आखिरमा त्यसले दिक्दारी पार्नेछ।"},{"id":22,"text":"दुष्ट मानिसले कलह मच्चाउँछ,\nर गरम मिजास भएकोले धेरै पापहरू गर्छ।"},{"id":23,"text":"मानिसको घमण्डले त्यसलाई नीचो पार्छ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।"},{"id":24,"text":"चोरको मतियार हुने त्यसको परमशत्रु हुन्छ, त्यसलाई शपथ खान लाएको हुनाले गवाही दिने त्यसको आँट हुँदैन।"},{"id":25,"text":"मान्छेको डर एउटा पासोजस्तै हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ।"},{"id":26,"text":"धेरैले शासकसँग भेटघाट गर्न खोज्दछन्, तर परमप्रभुबाट नै मानिसलाई न्याय मिल्छ।"},{"id":27,"text":"धर्मीले बेईमानलाई घृणा गर्छ, दुष्टले ईमानदारलाई घृणा गर्छ।"}]},{"id":30,"title":"हितोपदेश 30","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/30-6da95be50e54ea023c94552a6b7f4348.mp3?version_id=1483","verses":[{"id":1,"text":"याकेका छोरा आगूरका नीतिवचन— एक ईश्वरवाणी:यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्:"},{"id":2,"text":"मानिसहरूमध्ये म सबभन्दा अबूझ हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन।"},{"id":3,"text":"मैले बुद्धि प्राप्त गरेको छैनँ, न त मलाई परमपवित्रको ज्ञान नै छ।"},{"id":4,"text":"स्वर्गसम्म को उक्लेको छ र तल ओर्लेर आएको छ? कसले बतासलाई आफ्नो हातको मुट्ठीमा बटुलेको छ? कसले पानीलाई आफ्नो खास्टोमा लपेटेको छ? पृथ्वीका चारैतिरको अन्तसम्म कसले स्थापित गरेको छ? उहाँको नाउँ के हो, र उहाँका पुत्रको नाउँ के हो?\nयदि तँलाई थाहा छ भने मलाई भन्!"},{"id":5,"text":"“परमेश्वरको हरेक वचन दोष रहित छ। उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।"},{"id":6,"text":"उहाँका वचनहरूमा नथप्, नत्रता उहाँले तँलाई हप्काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ।"},{"id":7,"text":"“म तपाईंसँग दुई वटा कुरा माग्दछु, हे परमप्रभु। म मर्न अघि ती मबाट इन्कार नगर्नुहोस्।"},{"id":8,"text":"असत्यता र झूटा कुरा मबाट टाढ़ै राख्नुहोस्, न त मलाई दरिद्रता न धन-सम्पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्।"},{"id":9,"text":"अन्यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्कार गरुँला,\nर ‘परमप्रभु को हो र?’ भनुँला, अथवा म गरीब भएकोले चोरी गरुँला,\nर परमप्रभु मेरा परमेश्वरको नाउँ अपमानित पारुँला।"},{"id":10,"text":"“मालिकको सामु त्यसका नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्नेछ, र तैंले यसको मूल्य चुकाउनुपर्नेछ।"},{"id":11,"text":"“यस्ताहरू पनि हुन्छन् जुनहरू आफ्ना बुबालाई सराप्छन्,\nर आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्,"},{"id":12,"text":"तिनीहरू जो आफ्नै दृष्टिमा शुद्ध हुन्छन् तर आफ्नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्,"},{"id":13,"text":"तिनीहरू जसका आँखाहरू अति घमण्डी हुन्छन्, जसको हेराइ अति घृणायुक्त हुन्छ,"},{"id":14,"text":"तिनीहरू जसका दाँत तरवारहरू हुन्\nर जसका बङ्गारा छुरा समान हुन्छन्।"},{"id":15,"text":"“जूकाका दुई छोरीहरू छन्। ‘देऊ! देऊ!’ भन्दै तिनीहरू चिच्च्याउँछन्। “तीन कुरा छन् जो कहिल्यै सन्तुष्ट हुँदैनन्, चार वटा जसले ‘पुग्यो’ कहिल्यै भन्दैनन्:"},{"id":16,"text":"चिहान\n र बाँझी गर्भ, र जमिन, जो पानीले कहिल्यै अघाउँदैन,\nर आगो, जसले ‘पुग्यो’ कहिल्यै भन्दैन।"},{"id":17,"text":"“त्यो आँखा जसले बुबालाई खिसी गर्छ,\nर आमाको आज्ञालाई घृणा गर्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्,\nर गिद्धहरूले खानेछन्।"},{"id":18,"text":"“तीन वटा कुराहरू छन्, जो मेरो निम्ति साह्रै अचम्मका छन्, चार वटा जो म बुझ्नै सक्दिनँ:"},{"id":19,"text":"आकाशमा गरुडको चाल, चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल,\nर तरुणीसँग पुरुषको चाल।"},{"id":20,"text":"“व्यभिचारिणीको चाल यस्तो हुन्छ:\nत्यसले खान्छे र आफ्नो मुख पुछ्छे,\nर त्यसपछि भन्छे, ‘मैले केही गल्ती गरेकै छैनँ।’"},{"id":21,"text":"“तीन वटा कुराबाट पृथ्वी काम्छ, चार वटा कुरा जुन त्यसले खप्नै सक्दैन:"},{"id":22,"text":"चाकर राजा भएको, मूर्ख टन्न अघाएको,"},{"id":23,"text":"माया नपाएकी स्त्रीले विवाह गरेकी, चाकर्नी जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको ठाउँमा बस्छे।"},{"id":24,"text":"“पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्यन्तै बुद्धिमान् हुन्छन्:"},{"id":25,"text":"कमिला थोरै बल भएका प्राणी हुन् तापनि ग्रीष्म ऋतुमा नै तिनीहरू आफ्नो भोजन सञ्चय गर्छन्,"},{"id":26,"text":"शापन थोरै शक्ति भएका प्राणी हुन् तापनि पहरामा तिनीहरू आफ्नो घर बनाउँछन्,"},{"id":27,"text":"सलहका राजा हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अगि बढ्छन्,"},{"id":28,"text":"छेपारालाई हातले पक्रन सकिन्छ तापनि राजाको महलमा यो पाइन्छ।"},{"id":29,"text":"“तीन वटा कुरा छन् जो आफ्नो हिँड़ाइमा रवाफिला हुन्छन्, चार जुन शानसँग यताउता हिँड्छन्:"},{"id":30,"text":"सिंह पशुहरूमध्ये बलिष्ठ हुन्छ, जो कुनै कुराअगि हच्कँदैन,"},{"id":31,"text":"शानदार हिँड्ने कुखुराको भाले,\nर बोका, अनि सेना आफ्नो वरिपरि राखेर हिँड्ने राजा।"},{"id":32,"text":"“यदि तैंले मूर्ख चाल चलेर आफैलाई फुर्काइस् भने, वा तैंले खराबीको योजना गरेको छस् भने, तेरो मुखमा हात राखिहाल्!"},{"id":33,"text":"किनभने दूध मथेर घिउ निस्कन्छ,\nर नाक माड्यो भने जसरी रगत निस्कन्छ, त्यसरी नै रीस उठाउनाले झगड़ा उत्पन्न हुन्छ।”"}]},{"id":31,"title":"हितोपदेश 31","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/PRO/31-26ac47fe4f82a11dd738b229395a0ce9.mp3?version_id=1483","verses":[{"id":1,"text":"राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी— एक ईश्वरवाणी:"},{"id":2,"text":"हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरो भाकलको छोरा,"},{"id":3,"text":"तेरो बल स्त्रीलाई दिएर नसिद्धया, तेरो ताकत त्यस्तालाई नदे जसले राजाहरूको पतन गराउँछन्।"},{"id":4,"text":"“यो राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले दाखमद्य पिउनु हुन्न, शासकहरूले मदिराको लालसा गर्नु हुन्न,"},{"id":5,"text":"नत्रभने तिनीहरूले पिएर कानूनी आदेश के हो बिर्सनेछन्,\nर थिचोमिचोमा परेका सबैलाई तिनीहरूको अधिकारदेखि वञ्चित गराउँछन्।"},{"id":6,"text":"तिनीहरूलाई मदिरा देऊ जो नष्ट भइरहेका छन्, दाखमद्य त्यस्ताहरूलाई देऊ, जसलाई विरह चलेको छ।"},{"id":7,"text":"तिनीहरूले पिऊन् र आफ्नो दरिद्रता भुलून्,\nर आफ्नो वेदना फेरि नसम्झून्।"},{"id":8,"text":"“त्यस्ताहरूको पक्षमा बोल्, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, यस्ताहरूका अधिकारको निम्ति जो कङ्गाल छन्।"},{"id":9,"text":"आवाज उठा र न्यायसँग फैसला गर्। गरीब र दीन-हीनको अधिकारको रक्षा गर्।”"},{"id":10,"text":"उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढ़ी मूल्यकी हुन्छिन्।"},{"id":11,"text":"तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्,\nर उनलाई कुनै असल कुराको अभाव हुँदैन।"},{"id":12,"text":"तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।"},{"id":13,"text":"तिनले ऊन र सनपाट चुनेर आफ्ना हातहरूले उत्सुकतासाथ काम गर्छिन्।"},{"id":14,"text":"व्यापारी जहाजहरूले जस्तै तिनले टाढ़ाबाट भोजन ल्याउँछिन्।"},{"id":15,"text":"तिनी राती नै उठ्छिन्, आफ्नो परिवारको लागि भोजनको इन्तिजाम गर्छिन्,\nर आफ्नी दासी ठिटीहरूलाई आ-आफ्नो भाग दिन्छिन्।"},{"id":16,"text":"खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्छिन्,\nर आफ्नो कमाइले तिनी दाखबारी लाउँछिन्।"},{"id":17,"text":"तिनले आफ्नो काम फूर्तिसँग गर्छिन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्।"},{"id":18,"text":"तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्,\nर तिनको बत्ती राती निभ्दैन।"},{"id":19,"text":"तिनले आफ्नो हातमा चर्खाको डन्डा लिन्छिन्,\nर आफ्नै औँलाले पिउरी पक्रन्छिन्।"},{"id":20,"text":"तिनले गरीबहरूलाई आफ्नो मुट्ठी खोल्छिन्,\nर आफ्नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्।"},{"id":21,"text":"हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।"},{"id":22,"text":"तिनले आफ्नो खाटको लागि ओढ्ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्छिन्।"},{"id":23,"text":"तिनका पति सहरको मूल ढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्छन्।"},{"id":24,"text":"तिनले सूती कपड़ाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्,\nर व्यापारीहरूलाई पटुकाहरू उपलब्ध गर्छिन्।"},{"id":25,"text":"तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छिन्,\nर आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्।"},{"id":26,"text":"तिनी बुद्धिसँग बोल्छिन्,\nर तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छ।"},{"id":27,"text":"तिनी आफ्नो परिवारका कारोबारको रेखदेख गर्छिन्,\nर आलस्यको रोटी खाँदिनन्।"},{"id":28,"text":"तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्:"},{"id":29,"text":"“धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”"},{"id":30,"text":"सौन्दर्य भ्रमात्मक हुन्छ,\nर सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।"},{"id":31,"text":"तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।"}]}]}