-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathTIT.json
1 lines (1 loc) · 18.1 KB
/
TIT.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"तिमोथी जस्तै, तीतस आत्मिक तवरले “साँचो बालक” थिए (तीतस १:४)। पावलले तीतसलाई “मेरा सहभागी र… सहकर्मी” भनेका छन् (२ कोरिन्थी ८:२३), र कोरिन्थीहरूले यरूशलेमका गरीब विश्वासीहरूका निम्ति उठाएको भेटी तयार पारिराख्नू भनेर पावलले तीतसलाई कोरिन्थमा पठाएका थिए (२ कोरिन्थी ८:१६-१७; ९:५; १२:१८)। त्यसपछि पावल र तीतसले भर्खरै स्थापित गरेका ख्रीष्टियान मण्डलीहरूका विभिन्न कुरा मिलाउन र हरेक ठाउँमा एल्डरहरू अथवा धर्म-गुरूहरूलाई नियुक्त गर्नलाई पावलले तीतसलाई क्रेटमा छोडे (तीतस १:५)। क्रेट भूमध्यसागरमा भएको ग्रीसको दक्षिणपट्टि रहेको ठूलो टापू हो (हेर्नोस् प्रेरित २७:७-८,१२-१३)। यही पत्र तीतस क्रेटमा हुँदा पावलले लगभग ईस्वी सम्बत् ६३-६५ मा तिनलाई पठाएका हुन्। २ तिमोथी ४:१० अनुसार, क्रेटमा भएको तीतसको काम सकिएपछि पावलले तिनलाई दलमातिया (अहिलेको युगोस्लाभिया) मा पठाए। नयाँ करारमा दलमातिया भन्ने ठाउँको नाम इल्लुरिकन पनि छ (रोमी १५:१९)।"}]},{"id":1,"title":"तीतस 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/TIT/1-d631534897fed9840e429e7af6f03573.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वरको दास र येशू ख्रीष्टको प्रेरित पावलबाट, परमेश्वरका चुनिएकाहरूको विश्वास र भक्तिसँग मिल्दो तिनीहरूका सत्यको ज्ञान बढ़ाउनलाई, "},{"id":2,"text":"जुन विश्वास र ज्ञान अनन्त जीवनको आशामा स्थिर छन्, अनि कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले अनन्त कालदेखि प्रतिज्ञा गर्नुभयो। "},{"id":3,"text":"परमेश्वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्नो वचन प्रकट गर्नुभयो।"},{"id":4,"text":"एउटै विश्वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।"},{"id":5,"text":"यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्डरहरू नियुक्त गर्नू। "},{"id":6,"text":"एल्डर एउटै स्त्रीको पति र दोषरहित र यस्तो व्यक्ति होस्, जसका छोरा-छोरीहरू विश्वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्।"},{"id":7,"text":"किनभने परमेश्वरको कारिन्दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन, "},{"id":8,"text":"तर अतिथिसत्कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ। "},{"id":9,"text":"तिनलाई सिकाइएको विश्वासयोग्य वचनमा तिनी दह्रिलो बस्नुपर्छ, ताकि तिनले पक्का सिद्धान्तअनुसार शिक्षा दिन सकून्, र ती कुराहरूको खण्डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्।"},{"id":10,"text":"किनभने धेरै जना मानिसहरू अरूका अधीनमा नबस्ने, बकवादी र छलीहरू हुन्छन्, झन् विशेष गरी खतनावालहरू त यस्तै हुन्छन्। "},{"id":11,"text":"यिनीहरूको मुख बन्द गर्नुपर्छ, किनकि तिनीहरूले नीच लाभको लागि सारा परिवारलाई खलबल्याइराखेका छन्। यस्तो शिक्षा तिनीहरूले दिनुहुँदैनथियो। "},{"id":12,"text":"तिनीहरूमध्येका एक जना, तिनीहरूकै अगमवक्ताले भनेका छन्, “क्रेटका मानिसहरू सधैँ झूट बोल्ने, दुष्ट पशुहरू र अल्छे घिचुवाहरू हुन्छन्।” "},{"id":13,"text":"यो गवाही साँचो हो। त्यसैकारण तिनीहरूलाई कड़ासित हप्काऊ, ताकि तिनीहरू विश्वासमा पक्का होऊन्, "},{"id":14,"text":"र सत्यतालाई इन्कार गर्ने मानिसहरूका आज्ञा र यहूदी दन्त्यकथामा ध्यान नलगाऊन्।"},{"id":15,"text":"शुद्धहरूलाई सबै थोक शुद्धै हुन्छन्, तर अशुद्ध र अविश्वासीहरूलाई चाहिँ केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेकसमेत भ्रष्ट भएका हुन्छन्। "},{"id":16,"text":"तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन्, र कुनै पनि असल कामको निम्ति योग्यका हुँदैनन्।"}]},{"id":2,"title":"तीतस 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/TIT/2-8a63936b89927992f3d739743781131f.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीले चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ। "},{"id":2,"text":"वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।"},{"id":3,"text":"यसरी नै वृद्ध स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्यही सिकाऊन्। "},{"id":4,"text":"तिनीहरूले तरुणीहरूलाई आ-आफ्ना पति र बालबच्चाहरूलाई प्रेम गर्न, "},{"id":5,"text":"र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्ने, दयालु, आ-आफ्ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्वरका वचनको निन्दा हुन नपाओस्।"},{"id":6,"text":"त्यहीबमोजिम जवान मानिसलाई पनि आत्मसंयमी हुनलाई अर्ती देऊ। "},{"id":7,"text":"सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्भीरता, "},{"id":8,"text":"र कसैले निन्दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्।"},{"id":9,"text":"कमाराहरूलाई पनि आ-आफ्ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्ना मालिकहरूलाई सन्तुष्ट तुल्याउने आदेश देऊ, र तिनीहरू मुख लाग्ने नहोऊन्। "},{"id":10,"text":"तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्वासयोग्य होऊन्। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरका धार्मिक-सिद्धान्तको शोभा बढ़ाऊन्।"},{"id":11,"text":"किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ, "},{"id":12,"text":"जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्छ। "},{"id":13,"text":"र हाम्रो धन्यको आशा— हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। "},{"id":14,"text":"ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो।"},{"id":15,"text":"यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्काऊ। कसैले तिम्रो अवहेलना नगरोस्।"}]},{"id":3,"title":"तीतस 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/TIT/3-1d703d0611f64d25813a6aa05618020f.mp3?version_id=1483","verses":[{"id":1,"text":"शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ। "},{"id":2,"text":"तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्।"},{"id":3,"text":"किनभने हामी पनि एक पल्ट मूर्ख, अटेरी, बरालिएका, किसिम-किसिमका कामवासना र सुख-विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने थियौं।"},{"id":4,"text":"तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, "},{"id":5,"text":"तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, "},{"id":6,"text":"जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो, "},{"id":7,"text":"ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं। "},{"id":8,"text":"यो भनाइ पक्का छ। म चाहन्छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्वरमा विश्वास राखेका छन् आफूलाई असल काममा कायम राख्न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्।"},{"id":9,"text":"तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्यवस्थासम्बन्धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्यर्थका हुन्छन्। "},{"id":10,"text":"फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्ट चेताउनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख, "},{"id":11,"text":"यो जानेर कि यस्तो मानिस भ्रष्ट र पापी हो। त्यो आफै दोषी ठहरिएको छ।"},{"id":12,"text":"जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्दूर चेष्टा गर। किनकि त्यहीँ नै हिउँद कटाउने मैले निश्चय गरेको छु। "},{"id":13,"text":"वकील जेनास र अपोल्लोसलाई यात्रामा भरमग्दूर मदत गरिदेऊ, र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्।"},{"id":14,"text":"हाम्रा मानिसहरू असल काममा कायम रहन सिकून्, ताकि जरूरी खाँचो परिआएको खण्डमा तिनीहरूले मदत दिन सकून्, र तिनीहरू निष्फल नहोऊन्।"},{"id":15,"text":"मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्। विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन देऊ।तिमीहरू सबै जनासँग अनुग्रह रहोस्।"}]}]}